एमाले सहित चार दलको प्रर्दशन

140

नेपालगन्ज, मंसिर २०-
एमाले सहित सरकार बाहिर रहेका ४ दलले सोमबार नेपालगन्जमा संयुक्त रुपमा प्रर्दशन गरेका छन् । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने प्रस्तावको विरोध स्वरुप प्रर्दशन गरेका हुन् । एमाले, राष्ट्रिय जनमोर्चा, माले र नेपाल मजदुर किसान पार्टीले दिउँसो संयुक्त रुपमा प्रर्दशन गरेका थिए । एमाले पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन विपीचोक, त्रिभवन चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर कोणसभामा परिणत भएको हो ।

एमाले सहित चार दलले सोमबार गरेको प्रर्दशन ।
एमाले सहित चार दलले सोमबार गरेको प्रर्दशन ।

कोणसभापछि जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई विरोध पत्र बुझाएका थिए । सो अवसरमा एमाले बैकल्पिक केन्द्रीय सदस्य दिनेशचन्द्र यादव, एमाले बाँकेका अध्यक्ष अशोक कोइराला, पार्टी सचिव रत्न खत्री, जनमोर्चाका गौरीलाल कार्की, मालेका नारायण सुवेदी, मजदुर किसान पार्टीका गौरीलाल आचार्य लगायतले सम्वोधन गरेका थिए । उनीहरुले भारतको इसारामा देशलाई खण्डित गर्ने काम गरेको भन्दै कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिए । विवाद नै नभएको प्रदेश नम्वर ५ का पहाडी जिल्लालाई अलग बनाउन खोजेर सरकारले पहाडी र मधेसी समुदायबीच विगार्न खोजेको आरोप लगाए ।

Womui
Womui