अपांगता बालबालिकालाई न्यानो लुगा

97

नेपालगन्ज,मंसिर २०-
शितलहर चलेर एक्कासी अत्याधिक चिसो बढेपछि विपन्न चिडिमार परिवारका एक जना बालक र अपांगता बालबालिकाका लागि नेत्रहीन संघलाई न्यानो लुगा र सिरक डसना वितरण गरिएको छ । सेभ द चिल्ड्रेनसँगको साझेदारीमा बाँके युनेस्को क्लबले नेपालगन्ज उपमहानगर पालिकामा सञ्चालन गरिरहेको शिक्षा तथा बाल संरक्षण केन्द्रित सहयात्रा परियोजना अन्तर्गत सो सामाग्री वितरण गरिएको हो ।

sirak-bitaran

नेपालगन्जमा सोमबार आयोजित एक कार्यक्रममा बाँके युनेस्को क्लबका सल्लाहकार तथा ब्यवसायी राजु टिबरेवाल, बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष सिराज खान, सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत बीरेन्द्र थापा लगायतले सो न्यानो लुगा वितरण गरेका थिए । सहयात्रा परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ को बेलासपुर चाइल्ड लिंकका बालक रोहन चिडिमारलाई जाडो मौसममा आवश्यक कपडा वितरण गरिएको छ । रोहनलाई ज्याकेट, पेन्ट, सर्ट, जुत्ता लगाएतको सामग्री प्रदान गरियोे । पंचराम चिडिमारको छोरा रोहन बागेश्वरी आधारमूत विद्यालयमा कक्षामा ३ मा अध्ययनरत रहेका छन ।

उनलाई संस्थाले परियोजना मार्फत सन् २०१५ देखि नियमितरुपमा संहयोग प्रदान गर्दै आएको छ । सो अवरमा क्लबले अपांता बालबालिकाहरुको छात्राबास सञ्चालन गरिरहेको बाँके नेत्रहिन संघलाई ६ वटा सिरक, ६ वटा डसना र ६ वटा तन्ना प्रदान गरेको छ । बाँके नेत्रहिन सघका सह–सचिव शेर बहादुर बुढालाई सो सिरक डसना वितरण गरिएको थियो । अत्याधिक चिसो बढेकाले अपांगता बालबालिका र विपन्न बालकलाई सो लुगा तथा सिरक डसना बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेजअली सिद्दिकीले बताए । सिरक डसनाको यो सहयोगले अपांगता भएका बालबालिकालाई निकै राहात पुग्ने बाँके नेत्रहिन सघका सह–सचिव शेरबहादुर बुढाले जानकारी दिए ।

Womui
Womui