‘हिन्दु राष्ट्र कायम नगरे देशमा द्धन्द्ध’ : खड्का

50

नेपालगन्ज, मंसिर २०-
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले मुुलुकलाई सनातन हिन्दु राष्ट्र कायम नगरे देशमा ठुलो द्धन्द्ध निम्तिने खतरा औल्याएका छन् । नेपाली काँग्रेस बाँकेले सोमबार पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै पुर्वमन्त्री खड्काले ८१ प्रतिशत हिन्दु धर्मावलम्वी भएपनि उनीहरुको भावनालाई कदर नगर्दा भविष्यमा द्धन्द्ध निम्त्याउने ठोकुवा गरे ।

नेपाली कांग्रेस बाँकेले गरेको कार्यक्रममा नेता खुमबहादुर खड्का ।
नेपाली कांग्रेस बाँकेले गरेको कार्यक्रममा नेता खुमबहादुर खड्का ।

‘देशमा ८१ प्रतिशत हिन्दु धर्मावलम्वी छन, उनीहरुको भावना विपरित धर्मनिरपेक्ष राष्ट्र बनाइयो भने भविष्यमा ठुलो द्धन्द्ध निम्तिने खतरा छ,’ उनले भने ।मुलुकलाई द्धन्द्धबाट जोगाउन सनातन हिन्दु राष्ट्र कायम गर्नुको विकल्प नभएको नेता खड्काले सुझाव दिए । अर्को प्रसंगमा उनले मुलुकलाई संघियतामा लैजानु ठुलो दुर्भाग्य भएको बताए । उनले अगाडी भने, ‘मैले पहिल्यै संघियताको विरोध गरेको हुँ, पार्टीले बहुमतले निर्णय गरेको हुँदा स्वीकार गर्न बाध्य भएको हुँ ।’

मुलुकलाई संघियतामा लगेर मुलुक टुक्रा–टुक्रा पार्नु नै ठुलो दुर्भाग्य भएको टिप्पणी गरे । पाँच विकास क्षेत्रलाई प्रदेशमा कायम गरेको भए यति धेरै विवाद नआउने पुर्वमन्त्री खड्काले बताए । सदियौं देखि मिलेर बसेका नेपालीबीच संघियताका कारण सम्वन्ध विगारेको बताए । संघियता सम्वन्धी विवादकै कारण कारण संविधान निर्माण भएपनि आन्दोलन चलिरहेको उनले बताए । संविधान कार्यान्वयनका लागी चुनाव गराउनुपर्ने आवश्यकता रहेको भन्दै उनले चुनावको तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिए ।

Womui
Womui