पत्रकार महासंघ बाँकेको कार्यालयमा युनियनको तालाबन्दी

105

नेपालगन्ज, मंसिर २०-
एकतर्फी ढंगले गैर पत्रकारलाई सदस्यता सिफारिस गरेको र क्रियाशिल पत्रकारलाई सदस्यताबाट बन्चित गरेको भन्दै नेपाल प्रेस युनियन बाँकेले पत्रकार महासंघ बाँकेको कार्यालयमा सोमबार तालाबन्दी गरेको छ । बाँकेमा क्रियाशिल ठुलो संख्याका पत्रकारको उपस्थितीमा नेपालगन्ज बसपार्कस्थित महासंघ कार्यालयको दुई वटा ढोकामा तालबन्दी गरिएको हो । युनियनका अध्यक्ष जयनारायण शाहको नेतृत्वमा पुगेका पत्रकारले ताला लगाएका हुन् । महासंघ बाँकेको नेतृत्वले विधी र प्रक्रिया नपु¥याएर एकतर्फी रुपमा नयाँ सदस्यता सिफारिस गरेको भन्दै उक्त गल्ती सच्याउन युनियनले दुई दिन अघि ४८ घण्टे अल्टिमेटम दिएको थियो ।

tala-bandhi-photo-1
सो अवधिभर महासंघ नेतृत्वले कुनै चासो नदिएपछि तालाबन्दी गर्नुपरेको अध्यक्ष शाहले बताए । महासंघका कार्यसमिति सदस्य र सल्लाहकारलाई थाहा नै नदिई बहुमतको आडमा क्रियाशिल पत्रकारलाई बाइपास गरी गैर पत्रकारलाई सदस्यता सिफारिस गरेका कारण उक्त गल्ती नसच्याउँदा सम्म तालाबन्दी जारी रहने उनले बताए । त्यसअघि सोमबार नै सम्पन्न युनियन बाँकेको बृहत भेलाले पत्रकारको छाता संगठन महासंघलाई वर्तमान नेतृत्वले कुनै अमूक पार्टीको भातृ संगठन बनाउन खोजेको निष्कर्ष निकालेको थियो । पत्रकार महासंघ बाँकेको नेतृत्वले विधी र प्रक्रिया मिचेर एकलौटी रुपमा सदस्यता वितरण गरेको सम्बन्धमा महासंघका पुर्व अध्यक्षहरुले जारी गरेको संयुक्त विज्ञप्तीका विषयमा सामाजिक सञ्जालमा एमाले बाँकेका उप–सचिव प्रमोद धितालले आपत्तिजनक टिप्पणी गरेकोमा उक्त कार्यको घोर भत्र्सना गर्दै भेलाले खेद प्रकट गरेको छ ।

tala-bandhi-photo-2

युनियन बाँकेका अध्यक्ष शाहको अध्यक्षतामा सम्पन्न उक्त भेलामा नेपाल प्रेस युनियनका केन्द्रिय उप–महासचिव एवम् पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष तथा महासंघपुर्व केन्द्रिय सदस्य प्रेम केसी, महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, महासंघका पुर्व अध्यक्ष नीरज गौतम, युनियनका केन्द्रिय सदस्य जयसिंह केसी, युनियनका पुर्व केन्द्रिय सदस्यद्धय दामोदर भण्डारी र उमा थापामगर, महासंघ बाँकेका निवर्तमान अध्यक्ष शुक्रऋषि चौलागाई, सल्लाहकार राकेशकुमार मिश्र, अवधी पत्रकार संघका निवर्तनमान अध्यक्ष सुर्यलाल यादव, सामुदायिक रेडियो प्रसारक संघका तुला अधिकारी लगायतले पत्रकार महासंघ बाँकेको पछिल्लो गतिविधीबारे बोलेका थिए ।

tala-bandhi-photo-7

tala-bandhi-photo-5

tala-bandhi-photo-4

tala-bandhi-photo-3

Womui
Womui