डा. केसीले आज अनशन तोड्दै

51

काठमाडौं, मंसिर १९-
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा २१ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सहमतीसँगै उनले आइतबार(आज) अनसन तोड्ने भएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताका आधारमा डिन नियुक्तिसँगै केसीका अन्य मागमा समेत सहमति भएको छ । शनिबार राति तयार सहमतिपत्रमा सामान्य प्राविधिक विषय मिलाउन बाँकी रहेकाले अन्तिम रुप दिएर अहिले केहीबेरमा हस्ताक्षर गरी अनशन तोड्ने भएका छन् ।

डाक्टर गोविन्द केसी
डाक्टर गोविन्द केसी

मुटुको चाल निरन्तर अस्थिर भएपछि चिकित्सकले शनिबार राति नै अनशन तोडेर उपचार थाल्न आग्रह गरे पनि केसीले सम्झौता परिपक्व बनाएर मात्रै बिहान अनशन तोड्ने जबाफ दिएका थिए । राति अबेरसम्म तोकिएको समयसीमा र विभिन्न समितिमा बस्ने व्यक्तिका नामको विषयमा छलफल जारी रहे पनि मूल कुरामा सहमति भइसकेको छ । सहमति अनुसार सबै विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मौजुदा कानुनमा परिवर्तन गर्न तीन महिनाभित्र सुझाव दिनेगरी उच्चस्तरीय समिति गठन हुने भएको छ । समितिको नेतृत्व त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा वा विश्वविद्यालय अनुदान आयोगका उपाध्यक्ष डा. पराशर कोइरालाले गर्नेछन् ।

२०७२ भदौ ३१ को मन्त्रिपरिषद् निर्णयका आधारमा चालू शैक्षिक सत्रका लागि पनि एमबीबीएस पढ्न उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार तोक्ने सहमति भएको छ । सो शुल्क विश्वविद्यालयको बैंक खातामार्फत कलेजलाई दिइनेछ । २०७० चैत ३ को सम्झौता अनुसार आइओएमलाई थप स्वायत्तता दिने विषयमा मन्त्रालयले त्रिविलाई पुनः निर्देशन दिने, नयाँ चिकित्सा शिक्षा ऐन नआउँदासम्म नयाँ कलेज एवं प्रतिष्ठानलाई कुनै पनि नाममा सम्बन्धन तथा नयाँ अनुमति नदिने र आसयपत्रसमेत नवीकरण नगर्ने सहमति भएको छ । दुर्गम र सरकारी विद्यालयमा अध्ययन पूरा गरेका विद्यार्थीका लागि छात्रवृत्ति ऐन २०२१ बमोजिम प्रदान गरिँदै आएको छात्रवृत्ति बढाउने र सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत पुर्याउने सहमति पनि भएको छ ।

Womui
Womui