व्यवसायिक सहयोगको अनुगमन

54

नेपालगन्ज , मंसिर १८-
श्रमिक बालबालिकाका अभिभावकलाई गरिएको सहयोगबारे अनुगमन गरिएको छ । श्रमिक बालबालिकालाई बिद्यालय पठाउने उद्देश्यले उनीहरुका अभिभावकलाई यसअघि आय, आर्जन मुलक व्यवसायिक सहयोग गरिएको थियो । नेपालगन्ज उपमाहानगरपालिका आयोजना तथा एकिकृत सामाजिक विकास केन्द्रको सहजीकरणमा श्रमिक बालबालिकाका अभिभावकलाई आय आजर्ननको लागि व्यवसायिक सहयोग अन्र्तगत किराना, नास्ता, सिलाईकटाई लगायतको सहयोग गरिएको हो । बालबालिकालाई श्रमबाट हटाइइ विद्यालय पठाउने उद्देश्यले अभिभावकको आयस्तर बृद्धि गर्नका लागि उक्त पारिवारिक आर्थिक सहयोग गरिएको हो । अभिभावकले नेपालगन्जको रामनगर, नाकाटोल, भृकुटीनगरमा सञ्चालन गरेको ब्यवसायिकको सरोकारवालाले अनुगमन गरेका हुन् ।

अनुगमन पश्चातको समिक्षमा नेपालगन्ज उपमहानगरपालिकाका निमित्त कार्यकारी प्रमुख एवम् प्रशासकीय अधिकृत मोहन हमालले जोखिममा रहेका बालबालिकालाई बिद्यालय पठाउनका लागि आर्थिक अवस्थामा अझै सुधार ल्याउँदै उनीहरुलाई विद्यालय जाने बानीको विकास गराउनुपर्ने सुझाव दिए । उपमहानगरपालिकाका सामाजिक विकास शाखा अधिकृत कृष्णप्रसाद जोशीले नेपालगन्ज उपमहानगरपालिकालाई बालमैत्री घोषणागर्न सार्थ र पूर्णता दिनका लागि सबैको समन्वय जरुरी रहेकोमा जोड दिए । एकिकृत सामाजिक विकास केन्द्रका अध्यक्ष चित्रबहादुर केसीले नगरमा १ सय ६५ परिवारलाई प्रति परिवार १७ हजार पाँच सय रुपैयाँ बराबरको ब्यवसायिक सहयोग गरिएको र प्रति परिवारको सहकारीमा खाता खोली तीन हजार रुपैयाँ जम्मा गरि उनीहरुको बचतको समेत बानी बसाल्नलाई सहयोग गरेको बताए ।

विगतका दिनमा श्रममा जाने बालबालिकाहरु आर्थिक सहयोगपछि विद्यालय नियमित पठाउन थालिएको छ । रामनगरकी सितारा अन्सारीले आर्थिक सहयोगपछि आफ्ना दुई छोरा विद्यालय जान थालेको बताईन् । उनले किराना पसलबाट दैनिक४÷५ सय रुपैया बचत गर्दै आएको बताउदै छोरालाई श्रमबाट छुटाएर विद्यालयमा पठाएको जानकारी दिइन । त्यस्तै रामनगरकै दुखिराम कुम्हारले किराना पसलको लागि प्राप्त आर्थिक सहयोगबाट आफ्नो छोरालाई विद्यालय पठाउन सहज भएको बताए । आफू अत्यन्त विपन्न अवस्थामा भएका कारण रिक्सा चलाएर गुजारा चलाउन धौ–धौ परेको अवस्थामा आर्थिक सहयोगले घरमै किराना पसल राखेर आम्दानीको बढाउन कोसिस गरिरहेको बताए ।

Womui
Womui