खजुरामा सर्वाधिक पुरस्कार राशीको फुटबल

114

नेपालगन्ज, मंसिर १८-
बाँकेको खजुरामा ‘जिल्लाकै सर्वाधिक पुस्कार राशी भएको’ फुटबल प्रतियोगिता सञ्चालनमा आएको छ । न्यु डाँफे स्पोर्ट्स क्लब खजुराको आयोजनामा प्रतियोगिता सञ्चालनमा आएको हो । विगत ४ बर्षदेखी सञ्चालन हुँदै आएको प्रतियोगितालाई यसवर्ष पनि निरन्तरता दिइएको हो । उद्घाटन खेलमा आयोजक न्यु डाँफे स्पोर्ट्स क्लब विजयी भएको छ । श्रृजना युवा क्लब गौघाटलाई शुन्यका विवरुद्ध ५ गोल गर्दै आयोजक न्यू डाँफे विजयी भएको हो । खेल शुरु भएको ५ औं मिनेटमा न्यू डाँफेका रामजी चौधरीले पहिलो गोल गरे, भने १७ औं मिनेटमा जनक महर्जनले दोस्रो गोल गरेका थिए ।

football-game-khajura

त्यस्तै ३५ औं मिनेटमा रबीन बुढा मगरले १ गोल तथा ४४ औं र ६० औं मिनेटमा बिनोद केसीले २ गोल र ४५ मिनेटमा पुनः रामजी चौधरीले १ गोल गरेर जित दिलाएका हुन् । प्रतियोगितामा विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ, भने उपबिजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी मंसिर २५ गते सम्म चल्ने बताइएको छ । प्रतियोगिताको पुर्व सिचाई राज्यमन्त्री एवम् बाँके क्षेत्र नम्वर ४ का सांसद दलबहादुर सुनारले उद्घाटन गरेका थिए ।

Womui
Womui