‘निर्वाचन नभए संविधान कार्यान्वयनमा असर’

281

नेपालगन्ज, मंसिर १६-
निर्वाचन आयोगका आयुक्त इला शर्माले संविधान कार्यान्वयन नभए संविधान कार्यान्वयनमा असर पु¥याउने उद्घोष गरेकी छन् । निर्वाचन आयोगले नेपालगन्जमा बिहीबार गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले बैशाख महिनापछि संवैधानिक व्यवस्था अनुसार चाहेर पनि निर्वाचन गराउन नसकिने बताईन् ।

कार्यक्रममा बोल्दै निर्वाचन आयोगका आयुक्त इला शर्मा । तस्बिर : खगेन्द्र दाहाल
कार्यक्रममा बोल्दै निर्वाचन आयोगका आयुक्त इला शर्मा । तस्बिर : खगेन्द्र दाहाल

‘राजनीतिक दलहरुले समयमै सहमती नगरे बैशाख महिनामा निर्वाचन गराउन नसक्ने अवस्था छ, यसबाट संविधान कार्यान्वयनमा असर पु¥याउने निश्चित छ ।’ आफूहरु अहिले निर्वाचन गराउन तयार रहेको उनको भनाई छ । त्यसका लागि राजनीतिक दल र सरकारले निर्वाचत मिति घोषणा गर्नुपर्ने उनले बताईन् । निर्वाचन गराउनु भन्दा एक सय २० दिन पहिले नै आयोगलाई जानकारी हुनुपर्ने स्पष्ट पार्दै भनिन्, ‘दलिय सहमतीका आधारमा निर्वाचनको मिति समयमै घोषणा गर्नुपर्छ ।’

nirbachan-aayog-programme

Womui
Womui