संविधान संशोधन प्रस्ताव पास हुदैन : पोखरेल

66

नेपालगन्ज, मंसिर १६-
एमाले नेता शंकर पोखरेलले संसदमा पेश भएको संविधान संशोधनको प्रस्ताव पास नहुने जिकिर गरेका छन् । एमाले बाँकेका अगुवा कार्यकर्तालाई बिहीबार नेपालगन्जमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पुर्व सञ्चारमन्त्री पोखरेलले सरकारले जस्तो सुकै कदम चालेपनि प्रस्ताव पास नहुने ठोकुवा गरे ।

uml-photo

अहिले बहुमतको कुरा निकालेपनि संविधान संशोधनतर्फ अधिकांस सांसदहरु असन्तुष्ट रहेको उनको भनाई छ । एमाले स्थायी समिति सदस्य पोखरेलले संविधान संशोधनमा काँग्रेस र माओवादी केन्द्रको एक्लो प्रयासले केही नहुने जिकिर गरे । प्रदेश विभाजन नै भाषा र रहन सहनको आधारमा रहेको भन्दै अहिले संविधान संशोधनको आवश्यकता नरहेको बताए । अंगीकृत नागरिकता प्राप्त गरेका व्यक्तिलाई राज्यको उच्च पद दिन नसकिने पोखरेलले स्पष्ट पारेका छन् ।

Womui
Womui