बहुभाषिक कवि गोष्ठी सम्पन्न

234

नेपालगन्ज, मंसिर १५-
लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सामाजिक सदभाव तथा शान्तिका लागि बहुभाषिक कवि गोष्ठी सम्पन्न गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा सृष्टाहरुले शान्ति र सामाजिक सदभाव तथा विभिन्न सामाजिक तथा विकृति विसंगति विरुद्ध चेतनामुलक सामाग्री वाचन गरेका थिए । कार्यक्रममा साहित्यकारहरु सच्चिदानन्द चौबै, नादिर शर्मा, विष्णुलाल कुमाल, श्यामान्नद सिंह, शुक्रऋषि चौलागाई, मधु पौडेल, मधईसिंह सरदार, असफाक संघर्ष, वि अस्तु, सन्तोषी विष्ट, नसिम कादरी, सन्तोषी सिंह, शाहिदा शाह, कल्पना खरेल, ऋचा लुईटेल, कमला पन्त, नमिता बराल, विरंगना योगी, साहिल अन्सारी, लगायतले आफ्नो रचना बाचन गरेका थिए ।

kabi-gosthi

सहभागीले लैगिंक हिंसाविरुद्ध विभिन्न चेतनामुलक सन्देश तथा समुदायमा दिगो शान्ति स्थापना र सामाजिक सदभावको वातावरणमा टेवा पुग्ने किसिमका विभिन्न सन्देश मुलक रचनाहरु बाचन गरेका थिए । कार्यक्रममा सांसद बादशाह कुर्मी, महिला विकास अधिकृत सुनिता केसी, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले आ–आफ्नो मन्तव्य दिएका थिए । उक्त कार्यक्रममा विभिन्न धर्म समुदायका करिव ३ दर्जन श्रृष्टाको सहभागिता रहेको केन्द्रका अध्यक्ष विश्वजित तिवारीले जानकारी दिए ।

Womui
Womui