होलिल्याण्ड फाईनलमा प्रवेश

22

नेपालगन्ज, मंसिर १५-
होलिल्याण्ड माध्यामिक बिद्यालय बिशाली साईकल टी–२० अण्डर १६ क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । नेपालगन्जमा बुधवार सम्पन्न सेमिफाईनल खेलमा युनाईटेड एकेडेमीलाई ८ बिकेटले पराजित गर्दै होलिल्याण्ड फाईनलमा प्रवेश गरेको हो । पहिलो ब्याटिङ गर्न मैदानमा उत्रिएको युनाईटेडले १८ दशमलव ३ ओभरमा आफ्नो सम्पुर्ण विकेट गुमाउँदै १ सय १६ रन बनाएको थियो । जसमा सुनील भण्डारीको ५२ रन र सुरेन्द्र शाहीकोे २३ रनको योगदान रहेको थियो ।

म्यान अफ दी म्याच घोषित भएका होलिल्याण्डका हिमाल खड्काले ४ विकेट लिए । एक सय १७ रनको लक्ष्य लिएर दोस्रो पारिमा खेल्न आएको होलिल्याण्ड १३ दशमलब २ ओभरमा मात्र २ बिकेट गुमाएर उक्त लक्ष्य हासिल गर्दै फाईनलमा प्रवेश गर्न सफल भएको हो । होलिल्याण्डका समशुद्धिन अन्सारीले उत्कृष्ठ ४१ रन तथा हिमाल खड्काले २३ रन बनाए । युनाईटेडका सुनील भण्डारीले २ बिकेट लिए । दोस्रो सेमिफाईनल खेल बिहीबार मध्यपश्चिम क्लब र न्यु बागेश्वरी क्लब खजुराबीच हुनेछ । रोयल क्लब बाँकेको आयोजना तथा बिशाली साईकलको प्रयोजनमा मंसिर ६ गतेदेखि शुरु भएको प्रतियोगिताको फाईनल खेल शनिबार हुने आयोजकले जानकारी दिएको छ ।

Womui
Womui