संविधान संशोधन विधेयक मधेसी मोर्चाले नमान्ने

117

काठमाडौं, मंसिर १५-
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव स्वीकार नगर्ने भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बुधबार साँझ बसेको मोर्चा बैठकले संविधान संशोधन विधेयक नस्वीकार्ने निर्णय भएको हो । मधेसी मोर्चाका नेता राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने, ‘सरकारले ल्याएको संशोधन प्रस्तावलाई थास्थितिमा स्वीकार गर्न सकिँदैन, मतदानमा जाने अवस्थामा आए विपक्षमा भोट गर्नेछौं ।’

madhesi-morcha

संविधान संशोधन प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने उनको भनाई छ । ‘मतदानमा जाने अवस्थामा आए विपक्षमा भोट गर्नेछौं,’ मधेसी मोर्चाका नेता राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने । मधेसी मोर्चाका माग सम्बोधन गर्ने भन्दै कांग्रेस९माओवादी गठबन्धनले मंगलबार राति ७ बुँदे संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको थियो। पाँच नम्बर प्रदेशबाट पहाडलाई अलग पार्ने सहितका संशोधनका बुँदा मोर्चाको माग नभएको नेताहरुले बताउँदै आएका छन् । यसअघि बुधबार दिउँसो उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी फोरम नेपालले संशोधन प्रस्तावविरुद्ध विज्ञप्ति सहित विरोध जनाएको थियो ।

Womui
Womui