पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्तावको विरोध, अर्घाखाँची बन्द

109

अर्घाखाँची, मंसिर १५-
पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरी सरकारले संविधान संसोधन प्रस्ताव ल्याएपछि विरोध स्वरुप अनिश्चितकालिन जिल्ला बन्दको आव्हान गरिएको छ । उद्योग वाणिज्य संघ र युवा संघले आव्हान गरेको बन्दलाई सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र विभिन्न संघ संस्थाले ऐेक्यवद्धता जनाएका छन् । बन्दका कारण बुधबार सवारी साधन पसल, शिक्षण संस्था उद्योगधन्दा पूर्ण रुपमा बन्द भए । पाँच नम्बर प्रदेशलाई टुक्राइएको विरोधमा सन्धिखर्कमा जुलुस प्रदर्शन गरिएको छ ।

aandolan-photo

जुलुसमा जिल्लामा क्रियाशील राजनीनिक दल, उद्योगी व्यापारी र नागरिक समाजको उल्लेख्य मात्रामा सहभागिता रहेका थियो । जुलुसपछि भएको कोणसभामा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र महासचिव नेत्र भुसालले सम्बोधन गरेका थिए । युवा संघका अध्यक्ष गोविन्द आचार्यले आन्दोलनलाई जिल्ला भित्र मात्र केन्द्रीत नगरेर सबै पहाडी जिल्ला एकै ठाउँमा भेला भइ राजमार्ग केन्द्रीत गर्ने तयारी भएको बताए । सरकारले जनभावना विपरित प्रदेश विभाजन गरेको भन्दै जिल्लाका सबै राजनीतिक दलहरु आन्दोलन गर्ने विषयमा सहमत भएका छन् ।

संयुक्त संघर्ष समिति गठन गरि उनीहरुले आन्दोलनलाई चक्राउने निर्णय गरेका छन् । नेपाली कांग्रेका सभापति विष्णुप्रसाद खनाल मुस्कानको संयोजकत्वमा गठित समितिको सदस्यमा नेकपा एमालेका अध्यक्ष चेतनारायण आचार्य, नेकपा माओवादी केन्द्रका संयोजक ठाकुर कुमार विक किशोर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष भविलाल थापा, नयाँ शक्ति नेपाल पार्टीका गोकर्ण थापा, परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, रहेका छन् ।

Womui
Womui