होलिल्याण्ड र युनाईटेड सेमिफाईनलमा

55

नेपालगन्ज, मंसिर १४-
बिशाली कप अण्डर–सिक्सटिन टी–२० क्रिकेटमा होलिल्याण्ड माध्यामिक बिद्यालय र युनाईटेड एकेडेमी सेमिफाईनलमा प्रवेश गरेका छन् । सोमबारको पहिलो खेलमा होलिल्याण्डले सनबिम स्कुललाई ९ विकेटले पराजित गरी सेमिफाईनलमा प्रवेश गरेको छ । पहिलो ब्याटिङ गर्न मैदानमा उत्रिएको सनबीमले १५ ओभरमा ७ विकेट गुमाई ८२ रन बनाएको थियो । जसमा पारस पोखरेलको र सरिन श्रेष्ठको १४÷१४ रनको योगदान रहेको थियो । होलिल्याण्डका एस हमालले २ र अरविन्द क्षेत्रीले १ बिकेट लिएका थिए । ८३ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको होलिल्याण्डले ५ दशमलब तीन ओभरमा १ बिकेट गुमाएर उक्त लक्ष्य हासिल ग¥यो ।

kriket

होलिल्याण्डका तर्फबाट म्यान अफ दी म्याच घोषित भएका सम्शुद्धिन अन्सारीले १९ बलमा आक्रामक ४७ रन र दिपक चौधरीले २१ रन बनाए । सनबिमका बलर सरिन श्रेष्ठले १ मात्र बिकेट लिएका थिए । दोस्रो खेलमा युनाईटेडले एबिसीलाई ६ बिकेटले पराजित गर्दै सेमिफाइनमा प्रवेश गर्न सफल भएको छ । टस जितेर पहिले ब्याटिङ गर्न मैदानमा उत्रिएको एबिसीले १५ ओभरमा ७ बिकेट गुमाउँदै एक सय ३५ रन बनायो । जसमा सदाव अन्सारीको ६२, र शुभम् बि.एमको १९ रनको योगदान रहेको थियो । यूनाईटेडका अनिमेश शाहीले ३ बिकेट लिएका थिए ।

एक सय ३६ रनको लक्ष्य लिएर दोस्रो पारीमा मैदान छिरेको यूनाईटेडले १४ दशमलव ३ ओभरमा ४ विकेट गुमाई उक्त लक्ष्य हासिल गरेको थियो । म्यान अफ दी म्याच यूनाईटेडका सुनील भण्डारीले ४७ रन र विपुल शर्माले १८ रन बनाए । एबीसीका रिहास श्रेष्ठले १ बिकेट लिए । यसअघि मध्यपश्चिम र न्यु बागेश्वरी क्लब खजुरा सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । फाईनल प्रवेशका लागि होलिल्याण्ड र युनाईटेड बीच बुधबार तथा मध्यपश्चिम र न्यु बागेश्वरी क्लबका बीच बिहीबार सेमिफाईनल खेल हुनेछ । रोयल क्लब नेपालगन्जको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।

Womui
Womui