आदिवासी जनजाति संघ बाँकेमा श्रेष्ठ

112

नेपालगन्ज, मंसिर १४-
नेपाली कांग्रेसको भ्रातृ संस्था आदिवासी जनजाति संघ बाँकेको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ४७ मत ल्याएर विजयी भएका हुन् । श्रेष्ठका प्रतिद्वन्दी सन्तराम थारुले ४२ मत प्राप्त गरे ।

नवनिर्वाचित कार्यसमिति पदाधिकारी लगायत ।
नवनिर्वाचित कार्यसमिति पदाधिकारी लगायत ।

चार वर्षे कार्यकालका लागी निर्वाचित गरिएको नयाँ कार्यसमितिको अन्य पदमा भने सर्वसम्मती भएको थियो । संघको सचिवमा नमबहादुर आलेमगर र कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी ४ महिला सहित १३ सदस्य पदमा पनि सर्वसम्मती भएको छ । सदस्यमा विशाल कर्माचार्य, दशरथ थारु, महावीर थारु, जंगबीर चौधरी, बालीदेवी गुरुङ, कृष्णबहादुर पुनमगर, चन्द्रा कुमारी राना, चित्रलाल थारु, अंकित क्षेत्री, लक्ष्मणप्रसाद थारु, युगबहादुर गुरुङ र बिमला खुना सर्वसम्मत निर्वाचित भएका हुन् ।

Womui
Womui