गाउँपालिकाको विवाद सडकमा

89

बर्दिया (कोठियाघाट), मंसिर १४-
बर्दियाको कोठियाघाटस्थित कर्णाली (गेरुवा) पुलमा स्थानीय बासन्दाले अवरोध पुर्याएका छन् । अनिश्चितकालीन चक्काजाम गरेका कारण लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । बर्दियाको खैरीचन्दनपुर गाविसलाई पाताभार गाविससँग जोडेर गाउँपालिका बनाउन प्रस्ताव गरेको विरोधमा त्यस क्षेत्रका स्थानीयले चक्काजाम गरेका हुन् ।

karnali-geruwa-pul

जिल्ला प्राविधिक सहयोग समिति र राजनीतिक दलले खैरीचन्दनपुर गाविसलाई राजापुर नगरपालिकामा समावेश नगरेकोमा त्यसको विरोधमा चक्काजाम गरेको आन्दोलनमा उत्रिएका स्थानीयले बताए । प्राविधिक समितिले खैरीचन्दनपुर गाविसलाई पाताभारमा जोड्दै गेरुवा गाउँपालिका बनाउने प्रस्ताव जनचाहना विपरित रहेको आन्दोलनका सदस्य माधव निगमले बताए । चक्काजाममा कुटनीतिक नियोग र अत्यावश्यक सवारी साधनको आवागमन खुला गरिएपनि भाडाका सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको छ ।

Womui
Womui