‘जनजातिको योगदान महत्वपुर्ण : नेता राठौंर

132

नेपालगन्ज, मंसिर १२-
नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठौरले पार्टीलाई बलियो बनाउन आदिवासी जनजातिको महत्वपूर्ण योगदानलाई कसैलेपनि बिर्सन नहुने बताएका छन् । नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति संघ बाँकेको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथी राठौरले यस्तो बताएका हुन् ।

अधिवेशन उद्घाटन कार्यक्रममा उपस्थित अतिथी । तस्बिर : उमाथापा मगर
अधिवेशन उद्घाटन कार्यक्रममा उपस्थित अतिथी । तस्बिर : उमाथापा मगर

देश विकाससँगै संगठनलाई मजबुत बनाउन आदिवासी जनजातिको योगदान अतुलनिय रहेको जिकिर गर्दै केन्द्रिय सदस्य राठौरले आफ्नो हक अधिकारलाई संस्थागत गर्न र संरक्षण गर्न आदिवासी जनजाति एकतावद्ध भएर जानुपर्ने भन्दै अधिवेशन सफलताको शुभकामना दिए । नेपाल आदिवासी जनजाति संघका केन्द्रिय महासचिव प्रशान्त राईले आदिवासी जनजातिहरुको आफ्नो छुटै पहिचान र संस्कृति भएको हुँदा पार्टीले यस्ता सवालहरुको पहिचानसँग संगै विशेष सम्वोधन गर्नुपर्ने बताए । नेपालको कुल जनसंख्याको ४२ प्रतिशत आदिवासी जनजातिलाई विशेष अधिकारसहित नेतृत्व तहसम्म पु¥याउन पार्टीले ठाउँ दिनुपर्ने उनको तर्क थियो ।

नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले पार्टीभित्र आफ्ना हक अधिकार प्राप्त गर्न स्वयम् आदिवासी जनजाति अग्रसर हुनुपर्ने बताईन् । कसैको देखासिकी भन्दा पनि वास्तविकतामा रहेर आदिवासी जनजातिहरुले आफ्नो पहिचान जोगाउन उनले आग्रह गरिन् । नेपाल आदिवासी जनजाति संघ बाँकेका अध्यक्ष अनिल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद बादसा कुर्मी, आशा बिक, पूर्व सांसदद्धय कृष्णसिंह परियार र कैलाशनाथ कशौधन, पुर्व सभासद मोहमदी सिद्धिकी, पार्टीका क्षेत्रीय तथा भातृ संस्थाका सभापति संघका क्षेत्रीय तथा नगर सभापति लगायतले शुभकामना दिएका थिए । संघको नयाँ नेतृत्वका लागि सोमबार(आज) चुनाव हुने निर्वाचन समितिका संयोजक हेमन्त कर्माचार्यले जानकारी दिएका छन् ।

 

Womui
Womui