उपमहानगर व्यवस्थापनमा कडाई

181

नेपालगन्ज, मंसिर १२-
नेपालगन्ज उपमहानगर क्षेत्रको फुटपात, चौपाया र ट्राफिक व्यवस्थापनमा कडाई गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको अगुवाईमा केही दिनअघि बसेको सर्वदलिय बैठकले गरेको निर्णय अनुसार आइतबारदेखि नेपालगन्ज उपमहानगरपालिकाले कार्यान्वयन प्रक्रिया बढाएको छ ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत गिरीराज ज्ञवाली, प्रशासकीय अधिकृत मोहन हमाल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिमलकुमार उपाध्याय, जिल्ला प्रहरी कार्यालयका लक्ष्मणबहादुर शाहीको उपस्थितीमा आइतबार बसेको बैठकले छाडा पशु चौपाया नियन्त्रण गर्ने, मंसिर २० गतेसम्म त्रिबेणीमोड क्षेत्रको फुटपात हटाउन सूचित गर्ने, सदर लाइन क्षेत्रमा पाकिङ र मार्कीङको व्यवस्था गर्ने, सडक÷फुटपातमा राखिएका सामाग्री हटाउने लगायतका निर्णय गरेको छ ।

nepalgunj-city

प्रत्येक साताको एक दिन प्रहरी र ट्राफिक प्रहरीको सहायतामा छाडा पशु चौपाया नियन्त्रणमा लिई काञ्जी हाउसमा पु¥याइने उपमहानगरपालिका निरिक्षण शाखाका प्रमुख पवन कनौजियाले जानकारी दिए । सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घर, टहरा हटाउन २० गते सम्म सूचना दिने अटेर गरेमा प्रहरीको सहायतामा २१ गतेदेखि हटाउने, त्रिभुवन चोक, प्रशासन, अदालत अगाडी पार्किङ व्यवस्था मिलाउने, रोड मार्किङ गर्ने र ट्राफिक व्यवस्थापन मिलाइने ट्राफिक प्रहरी निरिक्षक उपाधयायले जानकारी दिए । निर्णय कार्यान्वयनमा कुनै कसर बाँकी नराखिने कार्यकारी अधिकृत ज्ञवालीले दाबी गरे । उनले नगर सफा र सुन्दर बनाउन सबैसँग अपिल पनि गरे । ट्राफिक, फोहर र पशु व्यवस्थापनका लागि अबरोध भए कानून बमोजिम कारबाही गरिने सम्मको सरोकारवाला निकायले तयारी गरेका छन् ।

Womui
Womui