डा. केसीसँगको पहिलो वार्ता निष्कर्ष बिहिन

33

काठमाडौं, मंसिर १२-
अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारबीच आइतबार बिहानदेखि भएको पहिलो वार्ता बिना निष्कर्ष सकिएको छ । सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले वार्ता पुनः बस्ने गरी टुगिंएको जानकारी दिए । तर वार्ता कहिले बस्ने भन्नेबारे टुंगो लागेको छैन । अरु विषयमा सहमति नजिक रहेपनि त्रिवि उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिनलाई बर्खास्ती गर्ने विषयमा कुरा अघि बढेको छैन ।

डाक्टर गोविन्द केसी
डा. गोविन्द केसी

शिक्षा मन्त्रालयमा बिहान साढे ११ बजेदेखि सुरु भएको वार्ता ४ः३० बजे सकिएको थियो । वरिष्ठताका आधारमा डिन नियुक्तिसँगै अन्य चिकित्सा शिक्षा र चिकित्सा सेवासम्बन्धि विभिन्न माग राख्दै डा. केसी १४ दिनदेखि शिक्षण अस्पताल महाराजगन्जमा आमरण अनशनमा छन् । सरकारले शनिबार शिक्षा सचिव श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।

डा. केसीका तर्फबाट डा. वाइपी सिंहको संयोजकत्वमा डा. रञ्जन झा, डा. सचित शर्मा, डा जीवन क्षेत्रीलगायत छन् । यसैबीच, निजी मेडिकल कलेज सञ्चालकले सरकारले आन्दोलनरत डा. केसीका माग पूरा गराउन वार्ता समिति गठनप्रति असहमति जनाएका छन् । डा. केसीसँग वार्ता टोली गठन गर्दै गर्दा त्यसमा निजी क्षेत्रको संलग्नता नभएको भन्दै उनीहरुले वार्ता टोलीको विरोध गरेका हुन् ।

Womui
Womui