चन्दननाथ मन्दिरबाट १४ सय वर्ष पुराना २८ मूर्ति चोरी

191

जुम्ला, मंसिर १२-

chandannath-mandirचन्दननाथ मन्दिरबाट गए राति दुई दर्जन बढी मूर्ति चोरी भएका छन्। कर्णाालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट बुद्ध, दुर्गा, महाकालीलगायत २८ मूर्ति चोरिएको हो । मन्दिरका पुजारी चन्द्र मौलेश्वर गिरीका अनुसार दत्रातयको मूर्ति ६ हात लामो १६ ईन्च चौडाइको थियो । मन्दिरको ढोका नफुटाइ छानीछानी मूर्ति चोरी भएपछि स्थानीय आक्रोशित बनेका छन्। गुठी समितिका उपाध्यक्ष हरि श्रेष्ठ पुजारी, ड्युटीमा बसेको प्रहरी र चोरको मिलोमतो हुनसक्ने बताउँछन्। जिल्ला प्रहरी कार्यालयले मन्दिरका पुजारीसहित मन्दिरमा बस्ने व्यक्तिलाई नियन्त्रण लिई अनुसन्धान गरिरहेको जनाएको छ। स्थानीयका अनुसार चोरी भएका मूर्ति १४ सय वर्ष पुराना हुन्। सबैभन्दा ठूलो दत्रातयको मूर्ति २००८ सालमा निर्माण गरिएको थियो । मन्दिरबाट ५ धान्नी चाँदी,३ तोला सुनको जलप लगाएका मूर्ति चोरिएका हुन्। त्यस्तै स्थानीयले मूर्ति चोरीमा प्रहरी प्रशासनको संलग्नताको आरोप लगाउँदै प्रदर्शन थालेका छन्।

 

Womui
Womui