जलेश्वर कारागारमा कैदीबीच कुटाकुट

24

महोत्तरी, मंसिर १२-
महोत्तरीस्थित जलेश्वर कारागारमा कुटाकुट हुँदा ८ जना घाइते भएका छन् । टाउकोमा चोट लागेका उनीहरुलाई उपचारको लागि जलेश्वरस्थित कान्ति सामुदायिक अस्पतालमा लगिएको छ । कारी साह भन्ने भाइ नाइकेलाई सन्दोष पण्डित नामको कैदीले पानी तान्ने धाराको ह्यान्डलले टाउकोमा प्रहार गरेपछि झडप सुरु भएको थियो ।

उनीहरु दुवै घाइते छन् । अन्य घाइतेहरुमा महोम्मद अलि याकद, सञ्जय बम्जन, दिनेश भुजेल, रमेशकुमार दास, श्यामदेव पासवान र सुरेन्द्रप्रसाद सिंह रहेका छन् । गम्भीर चोट लागेका ८ जनालाई कान्ति सामुदायिक अस्पताल लगिएको छ । नेपाली सेना, जिल्ला प्रहरी कार्यालयको टोलीले घटनालाई नियन्त्रणमा लिएको प्रहरी इन्स्पेक्टर रवीन्द्र खनालले बताए ।

Womui
Womui