जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईको मृत्यु

41

दिपायल, मंसिर १२-
डोटीको लाटामाडौंमा भएको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा लाटामाडौं–२ विष्टैका ३० वर्षीय वीरबहादुर ताम्राकाम र लाटामाडौं–८ का ४५ वर्षीय गौरिशंकर नेपालीको उपचारका क्रममा मृत्यु भएको हो । घटनास्थलबाट प्रहरी तथा स्थानीयले २२ जना घाइतेको उद्दार गरेका छन् ।

दुर्घटनामा गम्भीर अर्का घाइते लाटामाडौं–२ बिष्टैका सुरेश कुँबरलाई उपचारका लागि भारतको बरेली पठाइएको छ । अन्य घाइते १९ जनाको दिपायलस्थित सुजंग अस्पता, डडेल्धुरा स्थित उपक्षेत्रीय अस्पताल र अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

शनिबार करिव ७ बजेतिर लाटामाडौं–३, उजेँलीगाउँ नजिक जन्ती बोकेको जीप दुर्घटना भएको थियो । कपल्लेकीको सेरीबाट दुलही अन्माएर लाटामाडौं–२, बिष्टैतर्फ हिडेकोे जन्ती बोकेको ना १ज ७४७ नम्बरको उग्रतारा यातायातको जीप दुर्घटनामा परेको हो । उक्त जीपमा २५ जनाभन्दा बढी यात्रु सवार रहेको स्थानीयले बताएका छन् ।

Womui
Womui