बालबालिकालाई शैक्षिक सामाग्री सहित बिद्यालय भर्ना

74

नेपालगन्ज, मंसिर ११-
नेपालगन्ज उपमहानगरपालिकाभित्र बसोबास गर्ने अति विपन्न परिवारका बिद्यालय नजाने ४६ जना बालबालिकालाई बाँके युनेस्को क्लबले बिद्यालय भर्ना गराएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा उपमहानगरपालिकामा सञ्चालित सहयात्रा परियोजना अन्र्तगत बिद्यालय नगएका ती बालबालिकाको खोजी गरेर बिद्यालय भर्ना गराइएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले जानकारी दिए ।

saichik-1

जनचेतनाको कमी र आर्थिक अभावका कारण आफ्ना बालबालिकालाई बिद्यालय नपठाउने चिडिमार बस्ती, बाल्मिकी टोल, घँसियारा समुुदाय र इटा भट्टामा काम गर्ने समुदायका बालबालिकालाई बिद्यालयमा भर्ना गरिएको उनले बताए । नेपालगन्जका ५ वटा अति विपन्न समुुदायको बस्तीलाई विशेष रुपमा लक्षित गरेर ती बस्तीका बालबालिकाको शिक्षा, स्वास्थ्य र बालअधिकारलाई सुरक्षित गने उदेश्यले सहयात्रा परियोजना सञ्चालन गरिएको परियोजनाका कार्यक्रम संयोजक आशिष बर्माले बताए । विभिन्न बिद्यालय र मदरसामा भर्ना गराइएका ती बालबालिकालाई शैक्षिक सामाग्री समेत वितरण गरिएको छ । क्लबले एक औपचारिक कार्यक्रमको आयोजना गरी बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको जनाएको छ ।

saichik-samagri

क्लबका सल्लाहकार राकेश मिश्रको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका सल्लाहकार राजु टिबरेवाल, क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष सिराज खान, प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका प्रवन्धक बलबहादुर भण्डारी लगायतले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका थिए । बालबालिकालाई वितरण गरिएको शैक्षिक सामाग्रीमा हरेकलाई एक थान ब्याग, एक दर्जन कपी, ६ वटा कलम, डटपेन, इरेजर, एक जोर बिद्यालय पोशाकको कपडा रहेको सहयात्रा परियोजनाका कार्यक्रम अधिकृत राम श्रेष्ठले जानकारी दिए ।

Womui
Womui