‘बिशाली क्रिके’ मा होलिल्याण्ड र एबीसी विजयी

34

नेपालगन्ज, मंसिर ११-
बिशाली साईकल कप अण्डर–सिक्सटिन टी–२० क्रिकेटमा शनिबार सम्पन्न खेलमा होलिल्याण्ड माध्यामिक बिद्यालय र एबीसी रेसिडेन्टल स्कुल विजयी भएका छन् । पहिलो खेलमा होलिल्याण्डले आईडियल स्कुललाई ६ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्न मैदानमा उत्रिएको आईडियलले १५ ओभरमा ६ बिकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । जसमा कलामुद्दिन खान ४६ र आकिब शेखले ३९ रनको योगदान दिएका थिए । होलिल्याण्डका बलर सागर थापाले ३ बिकेट लिए । एक सय ३२ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको होलिल्याण्डले १२ दशमलव १ ओभरमा ४ बिकेट गुमाई १ सय ३४ रन बनायो । खेलका होलिल्याण्डका समसुद्दीन अन्सारी म्यान अफ दी म्याच घोषित भए । उनले अर्धशतकिय पारी खेल्दै ७१ रन बनाए । आईडियलका इशाक मियाँ र जानु कसगरले १/१ बिकेट लिए ।

यसैगरी दोस्रो खेलमा एबीसीले ब्राईट फ्युचरलाई १ सय ११ रनको विशाल अन्तरले पराजित गरेको छ । पहिला ब्याटिङ गर्न मैदान उत्रिएको एबीसीले १५ ओभरमा ८ बिकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । जसमा सन्देश थापाले ३१, शाहिल अन्सारीले ३० र इब्ने हुसैनले २२ रनको योगदान दिए । ब्राईटका मनिस ओली, दिपक विसी र आशिष शाहले क्रमशः २/२ बिकेट लिए । एक सय ६७ रनको बिशाल लक्ष्य लिएर मैदान छिरेको ब्राईट फ्युचर १० दशमलब ५ ओभरमा सबै बिकेट गुमाएर ५५ रनमा सिमित भयो । ब्राईटका आशिष शाहले १३ रन बनाए । एबीसीका सुभाष तिवारी र म्यान अफ दी म्याच शुभम बी मगरले ३/३ बिकेट लिए । प्रतियोगिता अन्र्तगत आइतबार पहिलो खेल बिहान ८ बजे सगरमाथा स्कुल विरुद्ध मध्यपश्चिम र दोस्रो खेल दिउँसो १ बजे गोरखा यूनाईटेड विरुद्ध न्यु बागेश्वरी क्लब बीच प्रतिस्पर्धा हुने आयोजक रोयल क्लब नेपालगन्जले जनाएको छ ।

Womui
Womui