संविधान कार्यान्वयनका लागी संशोधन आवश्यक : नेता शर्मा

117

नेपालगन्ज, मंसिर ११-
नेकपा माओबादी केन्द्रका नेता जनार्दन शर्माले संविधान कार्यान्वयनका लागी संविधान शांसोधन गर्नु परेको स्पष्ट पारेका छन् । प्रेस सेन्टर बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । दलहरु बीच सहमती भएपछि सरकारले शंसोधन प्रस्ताव दर्ता गराउने उनको भनाई छ । ‘जनताको माग अनुसार सिमांकन हेरफेर गर्न लागिएको हो, यसका लागी संविधान संशोधन गर्नुपर्छ,’ उर्जामन्त्री शर्माले भने ‘एमालेले जुन कोणबाट यसको विश्लेषण गरेको छ, त्यो मधेस तराईका जनता प्रतिको अविश्वास हो ।’

पत्रकार भेटघाटमा बोल्दै उर्जामन्त्री जनार्दन शर्मा ।
पत्रकार भेटघाटमा बोल्दै उर्जामन्त्री जनार्दन शर्मा ।

संविधान कार्यान्वयन गर्ने समयमा सडक आन्दोलनको आवश्यकता नरहेको शर्माले बताए । ‘सडकको प्रयोग त जो कोही जनताले गर्न सक्छन् नि, तर यो बेलामा सडक आन्दोलन गर्ने होईन,’ उनले भने । एमाले जिम्मेवार दल भएकाले सहमतीबाट बाहिर जानै नसक्ने शर्माले जिकिर गरेका छन् । सिमांकन हेरफेरका क्रममा प्रदेश नम्वर ५ का केही पहाडी जिल्लालाई टुक्र्याएर ४ नम्वर प्रदेशमा लैजाने तयारी भएको उनले बताए । पश्चिम क्षेत्रका बिद्युत आयोजनालाई चाडै अगाडी बढाउने विषयमा आवश्यक गृहकार्य भइरहेको जानकारी दिदै उर्जामन्त्री शर्माले मुलुकलाई एक वर्षभित्र लोडसेडिङ मुक्त बनाउने योजनाका साथ अगाडी बढेको बताए ।

Womui
Womui