पढाई सञ्चालनका लागी धार्मिक महोत्सव

155

नेपालगन्ज, मंसिर ५-
कृषि विज्ञान पढाई सञ्चालनका लागी मनिकापुरमा धार्मिक महोत्सव सञ्चालन गरिएको छ । स्थानीय जयजनता माध्यामिक बिद्यालयको प्राङ्गनमा आइतबारबाट महोत्सव सञ्चालन गरिएको हो । महोत्सवको पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले कृषि विज्ञान क्याम्पस निर्माणको लागि मनिकापुरवासीले गरेको प्रयासको प्रशंसा गरे ।

धार्मिक महोत्सव उद्घाटन गर्नुअघि निकालिएको कलश यात्रा ।
धार्मिक महोत्सव उद्घाटन गर्नुअघि निकालिएको कलश यात्रा ।

यस्तो कार्यमा सबैले सहयोग गर्नुपर्ने बताए । नेपालले अगाडी भने, ‘सरकारले गर्नुपर्ने काम जनताले आफ्नै पहलमा सुरु भएको छ, यसमा सबैले सहयोग गर्नुपर्छ, शिक्षाको लागि यसरी सक्रियता देखाउनु उदाहरणीय र प्रशंसनीय कार्य हो, म यो कार्यमा सक्दो सहयोग गर्नेछु ।’ सो अवसरमा महायज्ञका संकल्पकर्ता कथावाचक गोविन्द शरण महाराज, पूर्वराज्य मन्त्री एवम् सांसद दिनेशचन्द्र यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधी, उद्योगी, व्यवसायी, बुद्धिजिवी, शिक्षक, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा महायज्ञ मूल समारोहका महासचिव एवम् विद्यालयका प्रधानाध्यापक रामबहादुर पाण्डेले महायज्ञको उद्देश्य र अवस्थाको बारेमा जानकारी गराएका थिए ।

महोत्सवबाट संकलित सम्पूर्ण रकम कृषि र कम्प्युटर विषयको उच्च शिक्षा सञ्चालनको लागि खर्चिने उनले बताए । धार्मिक महोत्सवको पहिलो दिन आइतबार पहिलो दिन ५ लाख बढी दान संकलन भएको बताइएको छ । उद्घाटन कार्यक्रम महायज्ञ आयोजक मूल समारोहका संयोजक पदम अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो । महोत्सव उद्घाटन हुनुअघि करिव ५ किलोमिटर टाढा राझास्थित पशुपति मन्दिर प्राङ्गनबाट हजारौको सर्वसााधरणको सहभागितामा कलशयात्रा निकालिएको थियो । महोत्सव मंसिर १२ गते सम्म सञ्चालन हुनेछ ।

 

Womui
Womui