सडक दुर्घटना पीडित स्मरण दिवस मनाइयो

149

मधु पौडेल
नेपालगन्ज, मंसिर ५-
सडक दुर्घटना पीडित स्मरण विश्व दिवस एक कार्यक्रम गरेर मनाइएको छ । नोभेम्वर २० लाई हरेक वर्ष दिवसका रुपमा मनाउने गरिन्छ । नासा फाउन्डेसनको संयोजनमा विभिन्न संघ, संस्थाले संयुक्त रुपमा विश्वभर दिवस मनाउदै गर्दा नेपालगन्जमा पनि आइतबार उक्त दिवस मनाइएको छ ।

photos

सडक दुर्घटनाका कारण ज्यान गुमाएकाको सम्झना र दुर्घटनाका कारण आफन्तजनले भोग्नु परेका भावनात्मक तथा व्यावहारिक परिणामको दुर्दशको न्यनीकरण गर्नका लागि नेपालगन्जमा अन्तरक्रिया तथा दीप प्रज्वलन गरी मनाइएको हो । कार्यक्रममा सडक दुर्घटना किन हुन्छ र यसका रोकथामको उपाय के हुने र सवारी तथा यतायत ऐन संशोधन हुदैछ यसमा कस्ता कस्ता व्यवस्था हुन पर्दछ भन्ने सदन्र्भमा अन्तरीक्रिया कार्यक्रम को आयोजना गरिएको थियो ।

सुचना र मानव अधिकार केन्द्रका अध्यक्ष तथा अधिवक्ता विश्वजित तिवरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, राष्ट्रिय मानव अधिकार आयोगका संरक्षण अधिकृत टंक खनाल, तुलसीपुर उच्च अदालत बार एशोसियशनका अध्यक्ष बलबहादुर चन्द, बाँके जिल्ला बार एशोसियशनका अध्यक्ष उदयराज बर्मा, पुर्वसभासद मोहमदी सिद्धीकी, डाक्टर विनोद कर्ण, जिल्ला प्रसासन कार्यालयका कानुन अधिकृत खुमबहादुर कुँवर, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक टिकाराम अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

Womui
Womui