भन्सार कार्यालयमाथि गुनासाको ओईरो

187

नेपालगन्ज, मंसिर १-
नेपालगन्ज भन्सार कार्यालयमा एजेन्टलाई दिने शुल्क निर्धारण गर्नुपर्ने सेवाग्राहीले गुनासो गरेका छन् । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोगमा बास नेपालगन्जले बुधबार उक्त कार्यालयमा गरेको गुनासो सुन्ने कार्यक्रममा सेवाग्राहीले यस्तो गुनासो गरेका हुन् । काम गरिदिए बापत एजेन्टलाई दिने शुल्क निर्धारण नहुँदा समस्या भएको उनीहरुको गुनासो थियो ।

नेपालगन्ज भन्सार कार्यालयमा गुनासो सुनाउँदै सेवाग्राही ।
नेपालगन्ज भन्सार कार्यालयमा गुनासो सुनाउँदै सेवाग्राही ।

सेवाग्राहीले भन्सार गर्न जाने गाडीको सामान नापतौल गर्दा अनलोड गरेर गरिदै आएकोमा धर्मकाँटाको तत्काल ब्यवस्था गर्नुपर्ने, कार्यालयले सञ्चालन गर्दै आएको नागरिक सहायता कक्षलाई ब्यवस्थित गर्नुपर्ने, कार्यालयको सुचना पाटीलाई ब्यवस्थित गर्नुपर्ने, प्रहरीले सामान चेकजाँच गर्दा पैसा दिएमा छोडिदिने र नदिए केही समय चेकजाँचको नाममा रोक्ने गरेकाले सो कार्य तत्काल रोक्नुपर्ने, कार्यालयको पार्किङ ब्यवस्थालाई ब्यवस्थित गर्नुपर्ने लगायतका गुनासो राखेका थिए ।

कार्यालयले दिने सेवा सुविधा प्रभावकारी बनाउनुपर्नेमा सेवाग्राहीको जोड थियो । सेवाग्राहीको गुनासो पश्चात भन्सार प्रमुख जनार्दन आचार्यले सेवाग्राहीले राखेका गुनासा जायज भएको भन्दै तत्काल सुधार गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक नमस्कार शाह, कार्यक्रम अधिकृत हेमराज भट्ट, स्वयम् सेवकहरु बिनोद शर्मा, सर्मिला थापा, अनिल थापा र रमिता चौधरीको सहभागीता रहेको बताइएको छ ।

Womui
Womui