सांसदको तलब अब एक लाख २४ हजार

32

nmc-college-1000x75-pixel

काठमाडौं, मंसिर ५-
व्यवस्थापिका संसदका सांसदले तलब भत्ता मासिक कम्तिमा एकमुष्ट १ लाख २४ हजार पाउने भएका छन् । संसदले आइतबार संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३ संशोधन सहित स्वीकृत गरेको हो ।

house

नयाँ व्यवस्थाअनुसार सांसदले यातायात सुविधा प्रतिदिन १ हजार, दैनिक भत्ता प्रतिदिन २५०० एवं बिजुलीधारा भत्ता २००० पाउनेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले प्रस्तुत गरेको सो विधेयकलाई बहुमतले स्वीकृत गरेको थियो । विधेयकमा परेका संशोधन प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री नायकले समयानुकूल रुपमा जनप्रतिनिधिलाई पारिश्रमिक तथा सुविधा दिनेसम्बन्धी व्यवस्था गरिएको बताए ।

नयाँ व्यवस्थाअनुसार सांसदले ५५ हजार २३० पारिश्रमिक पाउनेछन् । विशेष भत्ता १००, बैठक भत्ता प्रतिदिन ५००, सञ्चार सुविधा ३०००, आवास सुविधा १८,००० तथा फर्निचर खर्च १५ हजार पाउनेछन् । नयाँ व्यवस्थाअनुसार सांसदले यातायात सुविधा प्रतिदिन १ हजार, दैनिक भत्ता प्रतिदिन २५०० एवं बिजुलीधारा भत्ता २००० पाउनेछन् ।

Womui
Womui