पत्नीलाई वियोगान्त पत्र लेखी झुक्याउने पक्राउ

125

चितवन, कात्तिक २९-

आफ्नै पत्नीलाई वियोगान्त पत्र लेखेर झुक्याउने पति पक्राउ परेका छन् । नारायणी नदीमा हामफाले भनिएका मोरङ पथरी– १ का ३१ वर्षीय तिलकप्रसाद लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका लिम्बूलाई प्रहरीले भरतपुर उपमहानगरपालिका– १० चितवन मेडिकल कलेज नजिकबाट आइतबार साँझ पक्राउ गरेको वडा प्रहरी कार्यालय नारायणीका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए। प्रहरी निरीक्षक थापाका अनुसार पत्रमा पत्नी अञ्जलीलाई राम्रोसँग जिउन आग्रह गरिएको छ । पत्रसँगै श्रीमतीको सक्कल नागरिकता, आफ्नो नागरिकताको प्रतिलिपि, मोबाइल,  ज्याकेट, कलम र विवाह दर्ताको प्रमाणपत्र पनि छाडिएको थियो । पत्र र ती सामग्री फेला परेपछि प्रहरीले दिनभर उनको खोजी गरेको थियो ।

Womui
Womui