सुजातालाई ५० लाख दिने सरकारको निर्णय

48

काठमाडौं, कात्तिक  २८-
सरकारले नेपाली कांग्रेसकी नेतृ स्वास्थ्य उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । सुजाता आइतबार सिंगापुर प्रस्थान गर्नु अघि मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो ।

sujata-koirala

स्तनमा क्यान्सर देखिएपछि उपचारका लागि उनी सिंगापुर लागेकी हुन् । सिंगापुरको सेन्ट लुकेस अस्पतालमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण हुनेछ । ‘सरकारको निर्णयबारे थाहा भएर १४ तारिकको दिनलाई डाक्टरको समय लिएकाले उहाँ सिंगापुर लाग्नुभयो,’ कोइरालाका स्वकिय सचिव लक्ष्मण थपलियाले भने । सिंगापुरमा उनको स्तन क्यान्सरको विस्तृत परीक्षण हुनेछ । सुजाताका साथ छोरी मेलानी सिंगापुर गएकी छिन् । सिंगापुर उड्ने क्रममा नेतृ कोइरालाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा भारतीय सेनाका प्रधान सेनापति दलवीर सिंहसँग भेटवार्ता गरेकी थिइन् ।

Womui
Womui