कर्मचारी संगठनको महाधिवेशन नेपालगन्जमा हुने

127

नेपालगन्ज, कात्तिक २८-
नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको १० औं राष्ट्रिय महाधिवेशन नेपालगन्जमा गर्ने तयारी गरिएको छ । आगामी मंसिर २७ देखि २९ गते सम्म नेपालगन्जस्थित रंगशालामा महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको हो । संगठनले आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारीबारे जानकारी दियो ।

महाधिवेशनबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिदै संगठनका पदाधिकारी ।
महाधिवेशनबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिदै संगठनका पदाधिकारी ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका केन्द्रिय अध्यक्ष मोहन घिमिरेले महाधिवेशनको तयारीका लागि २ सय २५ सदस्यीय मुल व्यवस्थापन समिति र उपसमितिहरु बनाइएको बताए । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । ‘महाधिवेशनको उद्घाटन शत्रमा नेकपा एमालेका शिर्ष नेताहरु, प्रशासक लगायतलाई बोलाउनेछौं,’ घिमिरेले भने । उक्त महाधिवेशनमा मुलुकभरबाट ८ सय प्रतिनिधी र २ सय जना स्वदेशी र विदेशी पर्यवेक्षक तथा अतिथीको सहभागिता रहने भएको छ । ‘पहिलो दिन महाधिवेशन उद्घाटन गर्ने, दोस्रो दिन बन्द शत्रमा विभिन्न मुद्दामा छलफल गर्ने र अन्तिम दिन नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ,’ अध्यक्ष घिमिरेले ‘हाम्रो संगठनले यसलाई नीतिगत महाधिवेशन भनेको छ ।’

कर्मचारीको सामाजिक सुरक्षा कमजोर अवस्थामा रहेको, टे«ड युनियनमाथि राजनीति मात्रै गरेको, सेवा प्रवाहमा कर्मचारीले ढिलासुस्ती गरेको जस्ता आरोप लागिरहेका बेला महाधिवेशनमा यि विषयमा व्यापक छलफल गरेर ठोस निर्णय गरिने संगठनले जनाएको छ । संगठनले क्षतिपुर्ति सहितको नागरिक सेवा लागु गर्नुपर्ने विषयलाई महाधिवेशनको पहिलो मुद्दा बनाएको छ ।

Womui
Womui