बिप्लप माओबादीका चार कार्यकर्ता पक्राउ

80

कुशुम बि.क
बर्दिया, कात्तिक २८-
पसल बन्द गराउँदै हिड्ने नेत्रविक्रम चन्द बिप्लप समुहका ४ जना कार्यकर्तालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । बजार बन्द गराउँदै हिड्ने बिप्लप माओबादी निकट जिल्ला युवा कमिटिका सदस्य बासगढी नगरपालिका–८ निवासी २७ बर्षिय चक्रबहादुर खत्रीलाई गुलरिया–नेपालगन्ज सडक खण्ड अन्तर्गत बर्दियाको मैनापोखरबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

बन्दमा सुनसान बनेको बर्दियास्थित गुलरिया बजार ।
बन्दमा सुनसान बनेको बर्दियास्थित गुलरिया बजार ।

राष्ट्रिय युवा जनसेवक संगठन सदस्य गुलरिया नगरपालिका वडा नम्वर ८ का ३२ बर्षिय नविन राना, जिल्ला प्रहरी कार्यालय अगाडी पसल बन्द गराउँदै हिडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो यसैगरी नेकपा माओबादी नेत्रविक्रम चन्द बिप्लप समुहका जिल्ला कमिटी सदस्य एवम् सुर्यपटुवा गाविस वडा नम्वर ७ का ४५ वर्षिय रमेश नेपाली जिल्ला प्रहरी कार्यालय अगाडी र गुलरिया नगरपालिका वडा नम्वर १ का ३२ वर्षिय श्यामबहादुर खत्री स्वयं सेवकलाई पनि जिल्ला प्रहरी कार्यालय अगाडीबाट पक्राउ गरिएको जनाइएको छ ।

Womui
Womui