अंगिकृतलाई मुख्य पद दिनु हुदैन : गच्छदार

100

nmc-college-1000x75-pixel

नेपालगन्ज, कात्तिक २८-
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले अंगिकृत नागरिकता प्राप्त गरेका व्यक्तिलाई मुख्य पद दिन नहुने बताएका छन् । ‘धेरै देशमा अंगिकृत नागरिकलाई मुख्य पद दिएको पाइदैन, हाम्रै छिमेकी देश भारतमा पनि त्यो व्यवस्था छैन,’ नेपालगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति र प्रधानन्यायधिस जस्ता संवेदनशिल पद अंगिकृत नागरिकलाई दिन नहुने गच्छदारले जोड दिए ।

vijaya-gachhadar

पुर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका गच्छदारले अगाडी भने, ‘बरु प्रदेशको मुख्य मन्त्री सम्मको पद अंगिकृत नागरिकलाई दिन सकिएला, त्यो पनि सबै राजनीतिक दलले मानेपछि मात्र सम्भव छ ।’ नागरिकताको समस्या पहिलेको जस्तो अब नरहेको उनले दाबी गरे । गाउँ–गाउँमा टोली नै खटाएर नागरिकता वितरण गर्न अहिले आवश्यक नरहेको उनको भनाई छ । गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय मार्फत आवश्यकता अनुसार नागरिकता वितरण गरिरहेको र जनताले सहज रुपमा नागरिकता प्राप्त गरिरहेको गच्छदारले बताए । अर्को प्रसंगमा उनले सरकारले संविधान संशोधनका लागि सहमती जुटाउन नसकेको आरोप लगाए ।

Womui
Womui