महिलामाथिको हिंसा नरोकिएकोमा चिन्ता

97

नेपालगन्ज, कात्तिक २७-
महिला तथा बालिका माथीको हिंसा न्युनिकरण गर्न जति कार्यक्रम गरेपनि पुर्ण रुपमा सार्थतकता नपाएको एक कार्यक्रमका सहभागीले बताएका छन् । महिला अभियान्ताका रुपमा कृयाशिल अभियानकर्ताको गलत कृयाकलापले गर्दा समाजमा महिला माथीको हिंसा गर्नु हुदैन भन्ने कुरामा विश्वासको अभाव रहेको उनीहरुको निस्कर्ष छ ।

कार्यक्रममा उपस्थित विभिन्न क्षेत्र सम्वद्ध महिला ।
कार्यक्रममा उपस्थित विभिन्न क्षेत्र सम्वद्ध महिला ।

कृयाशिल पत्रकार महिला बाँकेले आयोजना गरेको महिला माथीको हिंसा र उपलब्धी विषयक छलफल कार्यक्रममा बोल्दै सहभागी तारा रानाले महिला अभियानकर्ता आफै नै पीडक बन्ने गरेको परिवेश देखिएकोले अभियानकर्तालाई अब सार्वजनिक कार्यक्रमबाट नै बहिस्कार गर्ने संस्कारको थालनी गर्न जरुरी रहेको बताईन् ।

nmc-college-1000x75-pixel

कार्यक्रममा प्रमुख बक्ताको रुपमा बोल्दै अभियान नेपालका संयोजक सपना भट्टराईले महिला हिंसाका मुद्दा पछिल्लो समयमा उठान गर्न सकिएपनि सतही विशलेषणले गर्दा त्यसको गहिराईसम्म पुग्न नसकेको जिकिर गरिन् । पिडित महिलालाई घरमा बस्ने वातावरण बनाउनुपर्ने र पीडकलाई सेल्टरमा राखेर काउन्सिलिङ गर्न सके आउँदो दिनमा कोही पनि हिंसामा नपर्ने बताईन् ।

क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष उमा थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नेपाल महिला संघका क्षेत्रीय अध्यक्ष गिता राणाले महिलामा अझैपनि डरको भावना कायमै रहेको र सबैभन्दा पहिला परिवर्तनको शुरुवात महिला आफैबाट गर्न जरुरी रहेको सुझाव दिईन् । साथी संस्थाका लालुमाया पाण्डेले महिला अभियानकर्ताले समाजमा गलत सन्देश फैलाउने काम गरेको देखिएमा त्यस्ता अभियानकर्तालाई संघ, संस्थाले पनि प्रोत्साहन नगरी सजायको भागिदार बनाउनुपर्ने बताईन् ।

Womui
Womui