“लक्ष्मी जयन्ती महोत्सव” शुभारम्भ

67

nmc-college-1000x75-pixel

नेपालगन्ज, कात्तिक २७-
बार्दली फाउण्डेसनको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय ८ औं जन्म जयन्तीको पाक्षिक कार्यक्रम “लक्ष्मी जयन्ती महोत्सव” शुभारम्भ गरिएको छ । साहित्यकार विपी कोईरालाको शालिक रहेको चोकमा पूर्व प्राज्ञ सनत रेग्मी र समाजसेवी नर्बदा शर्माले संयुक्त रुपमा देवकोटाको फोटोमा माल्यपर्ण र दिप प्रजवलन गरेर कार्यक्रमको शुभारम्भ गरे ।

11

सो क्रममा सहभागीले विपीको शालिक वरिपरी १ सय ८ वटा मैनबत्ती प्रज्वलन समेत गरे । कार्यक्रमको शुभारम्भ पश्चात पूर्व प्राज्ञ रेग्मीले महाकवि देवकोटाले साहित्यमा गरेको योगदान अतुलनिय रहेकोे चर्चा गरे । देवकोटाको स्थान आजसम्म कसैले लिन नसकेको उनको जिकिर छ । त्यसैगरी समाजसेवी शर्माले साहित्य प्रतिको लगाव नेपालगन्जमा सेलाउदै गएको अवस्थामा बार्दलीले साहित्यीक माहोल बनाउने वातावरण सृजना गरेकोमा खुशि व्यक्त गरिन् । पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले देवकोटा साहित्यका क्षेत्रमा एक महान व्यक्ति भएकोले उनी प्रतिको सम्मान सधै उच्च रहने बताए ।

41

बार्दलीले शुरुवात गरेको देवकोटाको पाक्षिक कार्यक्रममा आफूहरुले पूर्ण रुपमा सहयोग गर्ने बताए । बार्दलीका अध्यक्ष भोजराज शर्मा नादिरको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार अनुपमा करारा, महेन्द्र सेढाई, देवकी निरौला, हेमन्त काफ्ले लगायतले देवकोटाद्धारा रचित कविता लयात्मक रुपमा प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन साहित्यकार ऋचा लुईटेलले गरेकी थिईन् । लक्ष्मी जयन्ती महोत्सव देवकोटाको जन्म दिन कार्तिक २७ गते सुरु भएर मंसिर ११ गते समापन गरिनेछ ।

75x600dd-restyrabt

Womui
Womui