अवधी पत्रकार संघमा नयाँ नेतृत्व

33

नेपालगन्ज, कात्तिक २७-
अवधी पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन तथा महाधिवेशन नेपालगन्जमा सम्पन्न भएको छ । महाधिवेशनले राकेशकुमार मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गरेको छ । जिविस बाँकेको हलमा शनिबार सम्पन्न महाधिवेशनले मिश्रको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो ।

अवधी पत्रकार संघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारी लगायत ।
अवधी पत्रकार संघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारी लगायत ।

संघको वरिष्ठ उपाध्यक्षमा बिनय दिक्षित तथा उपाध्यक्षमा शमिउल्ला धोबी निर्वाचित भए । संघको महासचिवमा यदुराज मिश्र, उप–महासचिव गुरुमुरत यादव, सचिवमा रामविकास चौधरी, दिनेश ठाकुर र लक्ष्मी तिवारी तथा कोषाध्यक्षमा शन्ध्या शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत एवम् अधिवक्ता विश्वजीत तिवारीले जानकारी दिएका छन् । यसैगरी सदस्यहरुमा दिलिपकुमार यादव (कपिलबस्तु), अंकुश श्रीवास्तव (कपिलबस्तु), बाँकेका सतिश शर्मा, दीपककुमार गुप्ता, प्रहलाद बिश्वकर्मा, चन्दा सिंह, रुवी साई, अस्फाख जसगढ तथा महिला सदस्यमा दुर्गा जयसवाल (बर्दिया), मन्जु यादव (दाङ) रहेका छन् ।

संघको विधान अनुसार मनोनित कोटामा भरत किशोर वैश्य मनोनित भएका छन भने एक जना सदस्य पछि मनोनित गरिनेछ । नेता त्रिपाठीले मधेशी पत्रकार तथा मिडियाको विकासका लागि सक्रिय भएर स्वयम् पत्रकारहरु लाग्नुपर्ने बताए । मधेशी पत्रकार तथा मिडियाको विकास नसकेको धारणा राखे । त्यसका लागि मधेशी समुदाय, व्यक्ति र धर्म तथा संस्कृतिलाई समेटेर अगाडी बढ्न सक्नुपर्ने बताए । सो अवसरमा पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी लगायतले बोलेका थिए ।

Womui
Womui