नेपाल एएफसी सोलिडारिटी कपको फाइनलमा

96

काठमाडौं, कात्तिक २७-
नेपाल एएपफसी सोलिडारिटी कप फूटवलको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनल खेलमा नेपालले लाओसलाई ट्राइबेकरमा ३ शुन्यले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । कुचिङस्थित नेगेरी स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा समेत नेपाल र लाओसले २–२ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

nepal-football11

ट्राइबेकरमा नेपालका हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गर्दा लाओसको ३ ओटै प्रहार नेपालका गोलकिपर किरण चेमजोङले विफल बनाइदिएका थिए । यसअघि पहिलो हाफको १८ औं मिनेटमा लाओसका चाम्पा थोङले गोल गर्दै आफ्नो टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफ शुरू भएको दोस्रो मिनेटमा नै नेलाले गोल गर्दे खेललाई एक एक गोलको बराबरीमा ल्याएको थियो । नेपालका लागि बिमल घर्ती मगरले भरत खवासको पासमा हेडरमार्फत गोल गरेका थिए ।

खेलको १०४ औं मिनेटमा नेपालका मिनेटमा नेपालका अनन्त तामाङले हेमन्त गुरूङको पासमा गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका थिए । तर, लाओसका चाम्पा थोङले ११७ औं मिनेटमा हेडरमार्फत गोल गर्दै पुन आफ्नो टिमलाई बराबरीमा पु¥याएका थिए । नेपालले उपाधिका लािग बु्रनाइ र मकाउबीच हुने दोस्रो सेमिफाइनलको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

Womui
Womui