माग पुरा नभए डा.केसीले अनशन थाल्ने

25

काठमाडौं, कात्तिक २७-
वरीष्ठ डाक्टर गोविन्द केसीले आइतबारदेखि दशौं अनसन थाल्ने चेतावनी दिएका छन् । २४ घण्टा भित्र चिकित्सा शास्त्र अध्यान संस्थानको रिक्त डीन बरिष्ठताका आधारमा नियक्त नभए अनशनमा बस्ने उनको तयारी छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक उनी आमरण अनशन बस्दै आएका छन् । आइएओममा ९ महिना देखि डीन रिक्त छ ।

dr-kc-govinda

सरकारले तीन पटक सम्म बरिष्ठताका आधारमा डीन नियक्ति गर्ने सम्झौता गरे पनि उपकुलपति तिर्थ खनियाले कांग्रेस निकट चिकित्सकलाई डीन बनाउनको लागि बरिष्ठतालाई पन्छाउँदै आएका छन् । नियुक्ति मा चलखेल गर्ने त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्न समेत उनले माग गरेका छन् ।

Womui
Womui