नेपालगन्जमा नुनको कृत्रिम अभाव

31

nmc-college-1000x75-pixel

नेपालगन्ज, कात्तिक २७-
नेपालगन्जमा नुनको कृत्रिम अभाव सिर्जना गरिएको छ । भारतमा नुन अभाव सिर्जना भएको हल्लाले नेपालगन्जका व्यापारीले नुनको कृत्रिम अभाव सिर्जना गरेका हुन् । भारतीय सञ्चार माध्यमबाट नुनको अभाव देखिएको समाचार बाहिर आएपछि शुक्रबार रातीदेखि नै नेपालगन्जका पसलमा व्यापारीले नुनको कृत्रिम अभाव देखाउन थालेका थिए । स्थानीय प्रशासनले कालोबजारी नियन्त्रणमा चासो नदिदाँ शनिबार दिनभर नुनको कालोबजारी चलेको सर्वसाधारण बताउँछन् ।

nun-npj

नुन अभावको हल्लाले सबैभन्दा बढी चिन्तामा सर्वसाधारण नागरिक बढी देखिएका थिए । अधिकांस पसलमा दिनभर घुँइचो नै लाग्यो । साल्ट टे«डिङले आयोडिनयुक्त नुनको मुल्य प्रतिकिलो १८ रुपैयाँ तोकेको छ । तर कालोबजारी गर्नेहरुले सर्वसाधारणलाई प्रतिकिलो ३० देखि १ सय ५० रुपैयाँ सम्ममा विक्री गरेको तथ्य बाहिर आएका छन् ।

यता साल्ट ट्रेडिङ अञ्चल कार्यालय नेपालगन्जले नुनको स्टक १२ हजार मेट्रीक टन रहेको जानकारी दिएको छ । नेपालगन्ज सहित दाङ र सुर्खेतमा रहेका गोदाममा पनि प्रसस्त मात्रामा नुन स्टक रहेको कार्यालय प्रमुख मनोज चौधरीले बताए । नुनको कालोबजारी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज–१५ निवासी नक्की अहमद र अस्लम खाँलाई शनिबार स्थानीय न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक टेकप्रसाद राईले बताए ।

तस्बिर : तिलक गाउलेको फेसबुक

Womui
Womui