प्रशासनको तीन महिने कार्य प्रगती सार्वजनिक

64

नेपालगन्ज, कात्तिक २६-
जिल्ला प्रशासन कार्यालय बाँकेले आफ्नो तीन महिने कार्य प्रगती विवरण सार्वजनिक गरेको छ । कर्मचारी मिलन केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले शुक्रबार विवरण सार्वजनिक गरे । सार्वजनिक गरिएको तथ्यांक अनुसार गत साउन महिनादेखि असोज मसान्त सम्म जिल्ला प्रशासन कार्यालय नेपालगन्ज सहित ईलाका प्रशासन कार्यालय कोहलपुर तथा नरैनापुरबाट दुई हजार ७ सय ३४ जनालाई नयाँ नागरिकता प्रमाणपत्र वितरण गरिएको छ । यसमध्ये दुई हजार ६ सय ५४ लाई बंशज र ८० जनालाई बैबाहिक अंगिकृत नागरिकता प्रदान गरिएको छ । प्रशासनले कुल १ हजार ३ सय ५७ जनालाई नागरिकताको प्रतिलिपी वितरण गरेको जनाएको छ । यस्तै एक हजार ७ सय ६९ वटा साधारण राहदानी सिफारिस गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थ ।

प्रशासनले आगलागी, चट्याङ, हावाहुरी, बाढी जस्ता प्राकृतिक प्रकोप पीडित, द्वन्द्व पीडित तथा सवारी दुर्घटना बापत क्षतिपुर्ति(तेस्रो पक्ष बिमा) वापत कुल २१ लाख ५६ हजार ५ सय रुपैयाँ राहत स्वरुप वितरण गरेको छ । यस्तै राजश्वतर्फ करोड ३ लाख ७८ हजार ८ सय ६९ रुपैयाँ संकलन गरिएको प्रजिअ पन्थले बताए । कार्यालयका अनुसार राहदानीबाट ९६ लाख ९० हजार, जरिवाना वापत १६ हजार ३ सय १९, संस्था दर्ता÷नविकरण ९७ हजार २ सय, हातहतियार नविकरण ९० हजार १ सय र न्यायिक दस्तुर वापत ४ लाख ८५ हजार २ सय ५० रुपैयाँ राजश्व संकलन भएको छ । त्यसैगरी साउनदेखि असोज सम्म दर्ता भएका २ सय ३१ मुद्दा(केही सार्वजनिक, हातहतियार खरखजना, सवारी ज्यानको क्षतिपुर्ति, कालो बजार लगायत) मध्ये १ सय ४४ वटा फछ्र्यौैट भएको कार्यालयले जनाएको छ ।

Womui
Womui