हिरमिनियालाई गाउँपालिकामै राख्न दोस्रो आन्दोलन

155

नेपालगन्ज, कात्तिक २६-
बाँकेको हिरमिनिया गाबिसलाई गाउँपालिकामै राख्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । गाबिसलाई गाउँपालिकामा नभएर उपमहानगरपालिकामा राख्ने प्रस्ताव गरेको उनीहरुको आरोप छ । स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समितिलाई पायक पर्ने क्षेत्र समेटेर गाउँपालिका निर्माणका लागि खाका निर्माण गरेर पठाउन आयोगले निर्देशन दिएको थियो ।

बाँकेमा सिफारिस गरिएको स्थानीय तहको सिमांकन नक्सा ।
बाँकेमा सिफारिस गरिएको स्थानीय तहको सिमांकन नक्सा ।

स्थानीय अगुवा, राजनीतिक दलको सहभागितामा हिरमिनिया गाउँपालिका निर्माण संघर्ष समिति निर्माण गरी स्थानीयले गाबिसको सम्पूर्ण सेवा सुविधा रोक्का गर्ने, गाविस कार्यालयमा तालाबन्दी गर्ने, जिल्ला विकास समितिमा धर्ना तथा ज्ञापनपत्र बुझाउने र जिल्ला प्रशासन कार्यालयलाई आफ्नो माग बारे जानकारी गराउने लगायत चरणबद्ध रुपमा आन्दोलन गरेका थिए । गाउँपालिका नै हुनुपर्ने माग सहित थालेको आन्दोलन पश्चात् स्थानीय विकास अधिकारीले गाबिसलाई नगरमा गाभ्ने निर्णयप्रति छलफल गरी टुंगो लगाउन आश्वासन दिएपछि पहिलो चरणको आन्दोलन स्थगित गरिएको थियो । तर, केही दिनअघि मात्र आयोगमा बुझाइएको पुनःसंरचनाको प्रस्तावमा हिरमिनियालाई नगरपालिकामै गाभ्ने गरी प्रस्ताव गरिएकोले दोस्रो चरणको आन्दोलन सुरु गरिएको संघर्ष समितिका संयोजक सुभाषसिंह ठाकुरले बताए ।

nmc-college-1000x75-pixel

संघर्ष समितिले बिहीबारदेखि दोस्रो चरणको आन्दोलन स्वारुप पुनः हिरमिनिया गाबिसमा तालाबन्दी गरेको छ । गाबिसको प्रशासन कक्षमै तालाबन्दी गरिएपछि दुई दिनदेखि सबै कामकाज ठप्प भएको छ । जसका कारण सेवाग्राही मर्कामा परेका छन् । संघर्ष समिति र स्थानीय सहितको भेलाले स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समितिलाई ७ दिनको अल्टिमेटम दिएको छ । माग सुनुवाई नभए जिल्ला विकास समितिको कार्यालय घेराउ गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

75x600dd-restyrabt

Womui
Womui