‘संगै सिकौं, संगै बढौं’ परियोजनाले सिकाई स्तर बृद्धि

47

नेपालगन्ज, कात्तिक २६-
संगै सिकौं, संगै बढौं परियोजनाको सरोकारवालाबीच शुक्रबार बार्षिक समिक्षा गरिएको छ । विश्व शिक्षाको सहयोगमा ब्याक वार्ड सोसाईटी एजुकेशन(बेस) ले बाँकेको बैजापुर तथा दाङको मानपुर र डुडुवा गाविसमा उक्त परियोजना सञ्चालन गर्दै आएको छ । सन् २०११ बाट सञ्चालित परियोजनाको अवधी यही २०१६ नोभेम्बरबाट सकिदैछ । परियोजनाले आफ्नो कार्य क्षेत्रभित्र शैक्षिक अवस्थामा व्यापक सुधार गर्न सफल भएको सरोकारवालाले जोड दिए । कार्यक्रमका प्रमुख अतिथी एवम् बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले संगै सिकौं संगै बढौं परियोजनाले महत्वपुर्ण उपलब्धी हासिल गरेको बताए । ‘तथ्यांकमा जुन कुरा आएको छ, बिद्यालयमा पुगेर बिद्यार्थीको सिकाई स्तर बुझ्दा ठ्याक्कै मिल्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउद ।
कार्यक्रममा बोल्दै बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउद ।

बालबालिकालाई शिक्षण सिकाईका साथै अभिभावक र बिद्यालयलाई पनि परियोजनाले सहयोग गरेकाले उपलब्धी हासिल गर्न सकिएको जिशिअ साउदले बताए । परियोजना लागु भएका बिद्यालयमा कार्यरत निजी स्रोत र अस्थायी शिक्षकको सक्रियता बढी देखिएको उनको भनाई छ । उनले साउदले अगाडी थपे, ‘अभिभावक र शिक्षकले हाम्रो दायित्व हो भनेर सोचिदिने हो भने जुनसुकै परियोजना सफल हुन्छन् ।’ बेस बाँकेका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सम्पन्न समिक्षा कार्यक्रममा बोल्दै बेसका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले परियोजनाले महत्वपुर्ण उपलब्धी हासिल गरेको दाबी गरे । परियोजनाबाट शिक्षण सिकाई स्तरमा भारी बृद्धि भएको उनको जिकिर छ । ‘आगामी दिनमा पनि हामी शिक्षा क्षेत्रमा लागिरहनेछौं, यो परियोजना अन्तर्गत केही राम्रा अभ्यास भएका छन, अरु क्षेत्रमा पनि लैजानेछौं,’ चौधरीले भने ।

बेसका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरी ।
बेसका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरी ।

मध्य र सुदुरपश्चिमका १७ जिल्लामा आफ्नो संस्थाले विभिन्न परियोजना सञ्चालन गरेको जानकारी दिदै उनले समुदायलाई परिचालन गर्ने, पछाडी पारिएका समुदायलाई अगाडी ल्याउने, सुशासन, शसक्तीकरण जस्ता कार्यक्रमलाई बढी जोड दिइरहेको बताए । संगै सिकौं संगै बढौं परियोजनाका कार्यक्रम संयोजक लालबहादुर चौधरीले कार्य प्रगती प्रस्तुत गर्दै बाँके र दाङका २७ वटा सामुदायिक बिद्यालय, ३२ वटा बालविकास केन्द्र र ६८ वटा महिला समुहलाई परियोजनाले समेटेको जानकारी दिए । उनका अनुसार परियोजना अन्तर्गत बाल विकास केन्द्र, प्रारम्भिक तह पढाई, विषयगत उपचारात्मक सहयोग, सिकाई अवसर जस्ता कुरालाई जोड दिइएको थियो ।

nmc-college-1000x75-pixel

परियोजना सञ्चालन हुनु अघिको बिद्यार्थीको सिकाई स्तर भन्दा अहिलेको सिकाई स्तर धेरै माथि पुगेको संयोजक चौधरीले बताए । बिद्यार्थीको सिकाई स्तर अत्यधिक रुपले बढेको कुरा उनले तथ्यगत रुपमा प्रस्तुत गरेका थिए । सो क्रममा विश्व शिक्षाका अनुगमन तथा मुल्यांकन अधिकृत विशाल गुप्ता र ग्रामिण महिला उत्थान केन्द्रका कार्यक्रम संयोजक अरुणा चौधरीले पनि प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा बोल्ने अन्य बक्ताले परियोजना सम्पन्न भएपनि सरोकारवाला निकायले निरन्तर अनुगमन तथा निरिक्षण गर्नुपर्ने सुझाव दिए । बाँकेका अन्य गाविसमा पनि संगै सिकौं संगै बढौं परियोजना सञ्चालन गरेर शिक्षण सिकाई स्तर बृद्धि गर्नुपर्ने उनीहरुको माग छ ।

Womui
Womui