लुटिएको नाटक गरेपछि….

45

nmc-college-1000x75-pixel

नेपालगन्ज, कात्तिक २५-
आफुमाथि चक्कु प्रहार गरि ६ लाख रुपैयाँ लुटिएको एक व्यक्तिले नाटक गरेको तथ्य खुलेको छ । सुर्खेत बीरेन्द्रनगर–६ निवासी ३४ बर्षिय मोहम्मद नियाज अहमद अली साईले नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस अगाडी आफुलाई अपरिचित व्यक्तिले चक्कु प्रहार गरि ६ लाख भारतीय रुपैयाँ लुटेको बताएका हुन् ।

सुर्खेत निवासी मोहम्मद नियाज अहमद अली साई ।
सुर्खेत निवासी मोहम्मद नियाज अहमद अली साई ।

भे १ प ५००७ नम्वरको मोटरसाईकलमा चढेर जमुनाहाबाट नेपालगन्जतर्फ आउँदै गरेको अवस्थामा खुर्सानीको धुलो फालेर साथमा रहेको रकम अपरिचित व्यक्तिले लुटेको साईले प्रहरीलाई खबर गरेका थिए । लुटिएको भन्ने खबर प्राप्त हुने वित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक बीरबहादुर थापा र मातहतका प्रहरी कार्यालयबाट प्रहरी परिचालन भए । प्रहरी घटनास्थलमा पुगेर सोधपुछ गरिसकेपछि भने घटनाले अर्कै मोड लियो । प्रहरीले अनुसन्धान गर्दा उनी लुटिएको नभएर ऋणबाट जोगिन नाटक गरेको खुल्यो ।

घटनास्थलमा खटिएका प्रहरी निरिक्षक थापाले भने, ‘सो घटना बारेमा घटनास्थल, आसपासका व्यक्ति, पीडित तथा निजले लुटिएको रकम ल्याएको भनिएको भारत रुपैडिहास्थित रहेको एकता टुर एण्ड ट्राभल्समा गएर बुझ्दा निज व्यक्तिको घर बैंकले लिलाम गरेको, नेपालगन्ज र सुर्खेतका धेरै व्यक्तिसँग लेनदेन व्यबहार रहेका कारण नाटक गरेको रहेछ ।’ केही दिनका लागी ऋण कसैलाई रकम दिन नपरोस् भनि आफैले झुठ्ठा बहाना बनाई खुर्सानीको धुलो तयार गरि आँखा तथा टाउकोमा हाली साथमा रहेको ब्लेडले ढाड तथा टाउकोमा काटेर घाउ बनाएको प्रहरी समक्ष स्वीकार गरेको थापाले जानकारी दिए ।

Womui
Womui