‘राजनीतिक दृढता भए चुनाव हुन्छ’ : काँग्रेस महामन्त्री

221

nmc-college-1000x75-pixel

नेपालगन्ज, कात्तिक २४-
नेपाली काँग्रेसका महामन्त्री शशांक कोईरालाले संविधान कार्यान्वयनका लागी चुनाव गराउन अपरिहार्य कुरा भएको बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले बुधबार गरेको पत्रकार भेटघाटमा उनले राजनीतिक दृढता भएपछि जसरी भएपनि चुनाव हुने दाबी गरे । चुनाव गराउनका लागी विशेषगरी तीन वटा दल एकै ठाउँमा उभिनुपर्ने धारणा राखे । नेपाली काँग्रेससँग राजनीतिक दृढता भएकै कारण सुशील कोईराला नेतृत्वको सरकारले संविधान ल्याएको स्मरण गराए ।

पत्रकार भेटघाटमा बोल्दै नेपाली काँग्रेस महामन्त्री शशांक कोईराला ।
पत्रकार भेटघाटमा बोल्दै नेपाली काँग्रेस महामन्त्री शशांक कोईराला ।

चुनाव गर्नु भन्दा अगाडी नै संविधान संशोधन गर्नुपर्ने उनको सुझाव छ । पुनःसंरचना आयोगले निर्धारण गरेको समयसिमा अगाडी नै संविधान संशोधन गर्दा उपयुक्त हुने बताए । ‘संविधान कार्यान्वयन गर्नकै लागी भएपनि तीन वटा चुनाव गराउनुपर्छ,’ महामन्त्री कोईरालाले भने ‘यो बेला अन्य विषयमा ध्यान नदिएर संविधान कार्यान्वयनका निम्ति चुनाव गराउनुपर्ने प्रमुख जिम्मेवारी छ ।’ केही प्रदेशका विषयमा विवाद यथावत रहेको स्वीकार गर्दै महामन्त्री कोईरालाले सबै राजनीतिक दलको सहमतीमा विवादित विषयमा सहमती खोज्नुपर्ने धारणा राखे ।

sashank-koirala

उनले थपे, ‘प्रदेशको विषयमा विवादका कुरा बाहिर आएका छन, त्यसलाई दलहरु मिलेर समेटेर जानुपर्छ ।’ अंगिकृत नागरिकता प्राप्त गरेका नागरिकलाई राज्यका महत्वपुर्ण पद दिन नमिल्ने बताए । ‘राज्यका महत्वपुर्ण पदहरु र संम्वैधानिक पदमा अंगिकृतलाई दिनुहुदैन, काँग्रेसभित्र यो विषयमा छलफल हुन बाँकी छ, मेरो व्यक्तिगत धारणा भन्नुपर्दा अंगिकृतलाई महत्वपुर्ण पद दिनुहुदैन,’ कोईरालाले भने । हिन्दीलाई राष्ट्रिय भाषा बनाउने कुरालाई नेपाली काँग्रेसले स्वीकार गर्न नसक्ने कोईरालाले प्रष्ट्याए । ‘हाम्रो देशभित्र अवधी, मैथिली, भोजपुरी लगायत १ सय २५ वटा भाषा छन, बरु ती भाषालाई दोस्रो भाषा बनाउन सकिन्छ तर हिन्दी भाषा राष्ट्रिय भाषा हुनु हुदैन,’ उनले भने । धर्म निरपेक्षताका विषयलाई जनमत संग्रह गरेर भएपनि टुंग्याउनुपर्ने महामन्त्री कोईरालाको भनाई छ ।

75x600dd-restyrabt

Womui
Womui