प्रतिबन्धित भारतीय नोट फिर्ताको पहल : राष्ट्र बैंक

100

काठमाडौं, कात्तिक २४-
भारत सरकारले उसको हजार र पाँच सय दरका नोटमा लगाएको प्रतिबन्धबाट नेपाललाई परेको समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले भारतीय रिजर्व बैंकसँग समन्वय गरिरहेको जनाएको छ । प्रतिबन्धपछि नेपालमा रहेका भारतीय नोटहरु के गर्ने भन्नेबारे भारतीय रिजर्व बैंकका डेपुटी गर्भनर आर गान्धीसँग बुधबार आफैले फोनमा कुराकानी गरेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।

nrb

‘भारतीय रिजर्व बैंकका डेपुटी गभर्नरले नेपालमा के कती त्यस्ता नोट छन् भन्ने चासो राख्नु भयो, यो भारत सरकारको निर्णय भएकोले रिजर्व बैंक एक्लैले मात्र समस्या समाधान गर्न नसक्ला,’ उनले भने । राष्ट्र बैंकसँग पनि भारतीय नोट केकती परिमाणमा छ भन्ने यकिन तथ्यांक नभएको उनले बताए । २५ हजार रुपैयाँसम्म भारतीय नोट नेपालमा बोक्न पाउने व्यवस्था भएका कारण नेपालमा पनि भारतीय मुद्रा भएको र नागरिकसँग भएका ती नोटहरु के गर्ने भन्ने विषयमा हाल छलफल जारी रहेको उनले बताए ।

nmc-college-1000x75-pixel

Womui
Womui