रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि महिलाको ज्यान खतरामा

50

उपचारमा लापरबाही हुँदा महिलाको ज्यान खतरामा पुगेको परिवारजनको आरोप

कैलाली, कात्तिक ९-

घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि एक महिला जीवन मरणको अवस्थामा पुगेकीछिन् । अत्तरिया नगरपालिका– १० बाँसखेडाकी सुनिता चौधरीले घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि उनी मरणासन्नको अवस्थामा पुगेकी हुन् । एसिड सेवन गरेकी चौधरीको आन्द्रा पोलिसकेको अवस्थामा चिकित्सकले त्यसैमा इन्डोस्कोपी गर्दा झनै ठूलो घाउ भएपछि अवस्था चिन्ताजनक भएको उनका श्रीमान् हेमराज चौधरीले बताएका छन् । उपचारका लागि सेती अञ्चल अस्पताल पुर्‍याइएकी चौधरीलाई अस्पतालमा रहेको इन्डोस्कोपी मेसिन बिग्रिएको भन्दै सिटी पोलिक्लिनिकमा लगिएको थियो । सिटी पोलिक्लिनिकका डाक्टर मेराज आलम अन्सारीले इन्डोस्कोपी गरेलगतै उनको अवस्था झन चिन्ताजनक भएको परिवार जनको आरोप छ ।

Womui
Womui