पत्नीले गरेको बन्चरो प्रहारबाट पतिको मृत्यु

38

कैलाली, कात्तिक ९-

घरायसी झगडाका कारण पत्नीले गरेको बन्चरो प्रहारबाट पतिको  हत्या भएको छ।  जिल्लास्थित घोडाघोडी नगरपालिका– ६ शीतलपुर बस्ने २५ वर्षकी लक्ष्मी विष्टले सोमबार ३२ वर्षीय लालबहादुर विष्ट (पति) को घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पति र पत्नीबीच सामान्य विवाद हुँदा पत्नीले गरेको बन्चरोको प्रहारबाट उक्त घटना घटेको अनुसन्धानमा खुलेको जनाएको छ । पतिको हत्या गरी फरार रहेकी लक्ष्मीलाई प्रहरीले  घोडाघोडी नगरपालिका थुम्की भन्ने स्थानबाट पक्राउ गरेको छ ।

 

Womui
Womui