भाइटीकाको साइत ११ बजेर ५२ मिनेटमा

42

काठमाडौं, कात्तिक ९-

tikaनेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुराएको छ ।समितिको सोमबारको बैठकले सो निर्णय गरेको हो । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभर टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ ।

यस वर्ष कात्तिक १२ गते शुक्रबार कागतिहार, १३ गते शनिबार कुकुरतिहार, १४ गते आइतबार लक्ष्मीपूजा, १५ गते सोमबार गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ ।

Womui
Womui