अनुमतिबिनै संचालित स्वास्थ्य संस्था दर्ता प्रक्रियामा अाउन थाले

39

काठमाडौं, कात्तिक ८-

वर्षौंदेखि दर्ताबिनै संचालन भएका स्वास्थ्य संस्थाहरुहरु दर्ता हुन थालेका छन्। ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिओम पोखरेलका अनुसार अनुगमनका क्रममा कारबाहीमा परेका जिल्लास्थित स्वास्थ्य संस्थाहरु दर्ता प्रक्रियामा अाइरहेका हुन् । चालूआव सुरु भएपछि १० वटा पुराना स्वास्थ्य संस्था दर्ता भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। अहिले दर्ता भएर सञ्चालन भएका स्वास्थ्य संस्थाको संख्या १२१ पुगेको छ। अनुगमनका क्रममा दर्ता नभएको पाइएकाले विभागले ताला लगाएका संस्था दर्ता पछि जिल्ला जनस्वास्थ्य कार्यालयको सिफासिरमा खुलाइएको थियो। जिल्लामा दर्ताबिनै ठूला अस्पतालभन्दा पनि धेरै साना स्वास्थ्य संस्था र साना ल्याब संचालन भइरहेका छन् । जिल्लामा सञ्चालनमा रहेका सबै स्वास्थ्य संस्थाले नियमित प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि सो हुन नसकिरहेको सूचना अधिकारी पोखरेलले बताए ।

Womui
Womui